प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध काठमाडौंको माइतीघरमा च्याब्रुङ बाजासहित प्रदर्शन भएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दै आएको बृहत् नागरिक आन्दोलनले शुक्रबार माइतीघरमा च्याबु्रङसहित प्रदर्शन गरेको हो।
यसअघि बुधबार महिला नौतमती बाजासहित कविहरुले काव्यिक प्रतिरोध गरेका थिए।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरेकी थिइन्।
उक्त कदम असंवैधानिक भएको भन्दै लेखक, कलाकार, कवि, नागरिक अगुवाहरुले प्रदर्शन गर्दै आएका छन्।













प्रतिक्रिया