नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राही लागि विशेष अफर ल्याएको छ। हरेक ग्रहक ले रु दुई हजार ८१६ देखि रु चार हजार १३० क्यास डिस्काउन्ट र २ महिनासम्म बोनस पाउने छन्। कम्पनीले यो अफर अनलाइन मार्फत रिचार्ज गर्नेहरुका लागि उपलब्ध गराएको हो।
कोरोना (कोभिड–१९) भाइरसका कारण ग्राहकहरुकै सुरक्षालाई ध्यान दिँदै यस्तो योजना ल्याएको कम्पनीले जनाएको छ। उत्कृष्ट तथा गुणस्तरीय सेवा प्रवाह गरिहेको कम्पनीले अहिले विभिन्न किसीमका रिचार्ज सुविधामा ‘महा छुट अफर’ दिएको छ।
सहज र उत्कृष्ट सेवा प्रवाह गर्दै ग्राहकहरुको मन जित्न सफल कम्पनीले ग्राहकहरुको फाइदा सुविधाका लागि विभिन्न समयमा छुट तथा बोनस अफर ल्याउने गर्दछ। यस्तो उत्कृष्ट प्याकेजमा अफरहरुले ग्राहकहरुलाई थप आर्थिक लाभ मिल्ने छ।
ग्राहकले एक वर्षको शुल्क एकमुष्ट अनलाइन मार्फत भुक्तानी गर्दा जम्मा रकमको २० प्रतिशत छुट पाउँछन् भने, २ महिनाको प्लस बोनस सेवा उपलब्ध हुनेछ। त्यस्तैगरी ६ महिनाको रिचार्ज शुल्कभुक्तानी गर्ने ग्राहकले १५ प्रतिशत डिस्काउन्ट पाउनुका साथै १ महिनाको बोनस सेवाउपलब्ध छ। यो भनेको ग्राहकले ६ महिनाको शुल्कतिर्दा थप एक महिना सेवा उपलब्ध हुनु हो। तीन महिनाको प्याकेजमा रिचार्ज गर्दा ग्राहकले १० प्रतिशत डिस्काउन्ट पाउनेछन्। १ महिनाको रिचार्ज गर्दा ५ प्रतिशत क्यास डिस्काउन्ट दिएको छ।
कम्पनीका अनुसार ग्राहकले जुनसुकै रिचार्ज गर्दा पनि आईपीटीभी एचडी ९तथा एसडी च्यानल उपलब्ध गराएको छ। ‘ल्यागफ्रि गेमिङ’, ‘भीडीओ स्ट्रिङमिङ’ एकदमै राम्रो उत्कृष्ट रहेको क्लासिक टेकको सेवामा देशका प्रमुख शहरहरुमा सजिलै उपलब्ध छ।
त्यस्तै, ग्राहकहरुले साधारण शुल्कमा आफ्नो राउटर एक्सचेन्ज पनि गर्न सक्नेछन्। कसैलाई सेवा रिफर गरे कम्पनीले सेवामा थप बोनस उपलब्ध गरेको छ। जहाँ एक वर्षको योजनामा २ महिना निशुल्क बोनस पाइनेछ भने ६ महिनाको योजनामा १ महिना थप सेवा बोनस हुनेछ।
त्यस्तै, कम्तिमा ३ महिनाको सेवा लिएको भए तपाईले १५ दिनको बोनस पाउने छ। यो विशेष अफर नछुटाउन कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर बिनय अधिकारीले ग्रहकहरुलाई अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया