आफ्नो नाममा फेरि नक्कली फेसबुक अकाउन्ट देखिएपछि नबिल बैंकले कारबाही प्रक्रिया अघि बढाएको छ।
यसअघि बनाइएको नक्कली फेसबुक अकाउन्ट डिलिट गरिएकामा फेरि अर्काे बनाइएको पाइएको बैंकले जनाएको छ।
यसबाट भ्रममा नपर्न नबिल बैंक, हेड कर्पोरेट कम्युनिकेसनका कृष्ण सुवेदीले ग्राहकलाई अनुरोध गरेका छन्। साथै यसविरुद्ध प्रहरीमा उजुरी गरी कारबाही प्रक्रिया अघि बढाइएको उनले बताएका छन्।
‘अस्ति पनि यस्तै (फेसबुक) अकाउन्ट खोलेपछि प्रहरीमा जानकारी गराइएको थियो, त्यसपछि त्यो खाता डिलिट भएको थियो,’ उनले भने, ‘हिजो फेरि नयाँ नक्कली खाता खोलिएछ। यसबारेमा प्रहरी साइबर ब्युरोमा कारबाहीका लागि जानकारी गराएका छौं।
नबिल बैंकले आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट पनि जरुरी सूचना जारी गरी ग्राहकलाई भ्रममा नपर्न अनुरोध गरेको छ। साथमा नक्कली फेसबुक अकाउन्टको तस्बिर पनि राखेको छ।
हेर्नुहोस् :
Urgent notice
We are sad to inform all our valued customers that a fake account has again been created under Nabil Bank's name as नबिल बैंक लिमिटेड.This page is a hideous act of Phishing (Cyber Crime) and you are requested not to entertain any posts from this particular page. pic.twitter.com/Vc49GS99IM

प्रतिक्रिया