कारोबार


ओपो एफ१९प्रो चैत ३ गते नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

ओपो एफ१९प्रो चैत ३ गते नेपालमा सार्वजनिक हुँदै, यस्ता छन् विशेषता

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार ९:५३,

ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१९प्रो सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ।

कम्पनीले चैत ३ गते आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन लञ्च ईभेन्ट मार्फत एफ१९प्रो सार्वजनिक हुने जानकारी दिएको हो।

लाइभलञ्च ईभेन्टमा नेपाली मनोरञ्जन जगतका चर्चित हस्तिहरु, ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, गायिक÷गीत लेखिका तथा रचनाकार तृष्णा गुरुङ र पारम्परिक नेपालीलोक बाद्यबादन उपकरण ईन्सेम्बल कुटुम्ब ब्याण्ड लगायतको उपस्थिती रहनेछ।

लामो समयदेखि कम्पनीले एफसिरिज मार्फत उपभोक्तालाई स्टेट-अफ-आर्ट प्रविधि पस्कँदै आइरहेको छ। यसले गर्दा एफसिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै औधि रुचाइरहेका छन्। अग्रगामी सोच सहितका डिजाइन मार्फत ओपो, उपभोक्तालाई प्रविधि मार्फत नीजिकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्ने तिर केन्द्रित रहँदै आइरहेको छ।

शक्तिशाली र टिकाउ हुनुका साथै बहुआयामिक दृष्टिकोण सहित आफ्ना जीवनका स्मरणिय पलहरु कैद गर्न चाहनेका लागि मनोरञ्जक नयाँ भिडियो फिचर्सहरुका साथएफ१९ प्रोको डिजाइन विशेषगरी ‘ट्रेण्ड सिकर्स’ यूवाहरुलाई ध्यानमा राखि गरिएको छ।

Kutumba_X_OPPO_F19_Pro.png

क्यामेराः
एफ१९प्रोमा ४८एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ। फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरुमा मेन क्यामेरा ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, २एमपीमाक्रो क्यामेरा र २एमपीमोनो क्यामेराका साथमा काम गर्छ। प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्छ। यही कुरालाई दृष्टिगत गर्दै फोनमा ३२एमपी फ्रण्ट(फेसिङ क्यामेराको प्रयोग गरिएको छ। उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले विशेष ब्यवस्था गरेको छ।

अल्ट्रा स्लिम बडी डिजाइनः
अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफसिरिज परिचित छ। एफ१९प्रो मा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ। थ्रीडी कभ्र्ड ब्याट्री र ७.८एमए अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ग्राम कायम गरिएको छ। हत्केलामा फोन बोक्दा पनि आरामदायी अनुभव होस् अर्थात् ‘यू होल्ड इट, यूल् लभ ईट’ भन्ने तिर पनि कम्पनीले विशेष ध्यान दिएको छ।

डिस्प्लेः
ओपो एफ१९ प्रोमा ९०.८ प्रतिशत स्क्रिन–ट–बडी रेसियो र ईन–डिस्प्ले फिंगरप्रिन्ट ३.० सहितको चहकिलो ६.४३–ईञ्च पञ्च–होल एमोलेड डिस्प्लेको प्रयोग गरिएको छ। यसले गर्दा गेमिङ होस् वा टीभी शोको मनोरञ्जन प्रयोगकर्ताले सन्तोषपूर्ण अनुभूति गर्न सक्नेछन्।

३०वाट भोक फ्ल्याशचार्ज ४.०
तिब्र गतिको चार्जिङ सुविधाका लागि ३०वाट भोक फ्ल्याशचार्ज ४.० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ१९प्रो मा लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ। उदाहरणका लागि मात्र ५ मिनेटको चार्जले फोनमा २.९ घण्टा यूट्यूब हेर्न सकिन्छ। एक पटक पूर्णरुपमा फोनलाई चार्ज गरि सकेपछि यसमा ढूक्क भई १६ घण्टासम्म अनलाइन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad