कारोबार


उच्च गुणस्तरको ‘शिल्ड मास्क’ बजारमा

उच्च गुणस्तरको ‘शिल्ड मास्क’ बजारमा

नेपालखबर
चैत ११, २०७७ बुधबार १४:६,

नेपाल मै पहिलो सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्ने कम्पनी ‘जस्मिन हाइजिन प्रोडक्ट’ ले आफ्नो उत्कृष्ट उत्पादन अन्तर्गत ‘शिल्ड मास्क’ बजारमा ल्याएको छ।

‘शिल्ड मास्क’ नेपाल मै उत्पादन हुने पहिलो मास्क हुनुको साथै यो कोभिड–१९ बाट ९९.९ प्रतिशत सुरक्षित रहेको कम्पनीको दाबी छ।

सही मास्क प्रयोग गरि सामाजिक उत्तरदायित्व बहन गरौं भन्ने नाराका साथ ल्याएको यो मास्कको प्रयोगले कोरोना भाइरसबाट उच्च सुरक्षा दिन्छ।

नेपालको एक मात्र ‘यूभी स्ट्रिलाइज्ड’ मास्क भएको हुनाले यो आफैमा १०० प्रतिश किटाणु तथा भाइरस रहित हुनुको साथै यसमा भएको ३ तहको मेल्टब्लोन फिल्टरले किटाणु तथा भाइरसलाई बाहिर रोक्दछ।

यसमा प्रयोग भएको उच्चगुणस्तरको ‘सफ्ट ननओभेन्स’ र ‘इयरलुप्स सफ्ट’ हुनाले कानमा लामो समयसम्म राख्न सकिन्छ।

‘शिल्ड मास्क’ भारतीय सर्जिकल मास्क स्ट्यान्डर्ड १६२८९ः२०१४ बाट प्रमाणित भएकोले यसको प्रयोग १०० प्रतिशत सुरक्षित रहेको कुरा कम्पनीका प्रबन्ध निर्देशक पुनित शारदाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .