नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सि.जी. इलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रालीलेले नयाँ वर्षलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
भारत र नेपालमा पानी शुद्धिकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरओले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘स्वछ पानी, सुन्दर जिन्दगानी साथमा थुप्रै उपहार पनि; यो नव वर्ष मनाऔं केन्ट आरओसँग सहर्ष’ भन्ने नारासहित विभिन्न अफरहरु ल्याएको हो।
यस अफर अन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा ‘लक्की ड्र’ मा सामिल भई हरेक महिना एउटा एलजीको कन्भेक्सन माइक्रोवेभ ओभन, एउटा एल.जी.को रेफ्रिजरेटर, एउटा एल.जी.कै एल.ई.डी. टि.भी. र तीन ओटा गोदरेज भाईरोशिल्डका साथ–साथै अन्तिमको बम्पर लक्की ड्रमा होन्डा डियो डी.एल.एक्स. मोडलको स्कूटर जित्ने मौका पनि पाइनेछ।
चैत्र ८, २०७७ यता कुनै पनि केन्ट आरओ खरिद गरेका र खरिद गर्ने सबै ग्राहकहरूले कम्पनीको मासिक भाग्यशाली ड्र र बम्पर लक्की ड्रमा भाग लिन सक्नेछन्।
लक्की ड्रमा भाग लिनको लागि केन्ट आर.ओ.(स्पेस) आफ्नो नाम (स्पेस) ठेगाना (स्पेस) खरिद गरेको मिति (स्पेस) उत्पादन मोडेल नाम (स्पेस) सीरियल नम्बर टाइप गरी ३७००१ मा एस.एम.एस. पठाउनुपर्नेछ। यो योजना चैत्र ८, २०७७ देखि सम्पूर्ण नेपालमा सिमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ।
प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ। साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरू मार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ। पिउनु भन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्त्वपूर्ण छ। यसैले, केन्ट आर.ओ.बाट प्रशोधित भएको पानी हाम्रो परिवारको स्वस्थ जीवन र कल्याणको लागि महत्वपूर्ण आवश्यकता भएको कम्पनीको दाबी छ।
केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्। केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध छन्।

प्रतिक्रिया