कुमारी बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सव आफ्ना देशव्यापी शाखाहरुबाट संस्थागत वातावरण संरक्षण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ।
२०औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको मेलम्ची शाखाल शनिवार, थाङपालधापमा काठमाडौं मेडिकल कलेजको सहकार्यमा विशेषज्ञहरुबाट निः शुल्क स्वास्थ्य शिविर कार्यक्रम गरेकोे छ।
उक्त कार्यक्रममा ७०० जना भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो। साथै, बैंकको कर्मचारी युनियनको नेतृत्वमा नक्साल शाखामा रक्तदान कार्यक्रम सँगसँगै सम्पन्न गर्दै वार्षिकोत्सवमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ११४ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए।
हालसम्म आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया