कारोबार


एनसीसी बैंक र आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी सम्झौता

एनसीसी बैंक र आगन्तुक रिसोर्टबीच छुटसम्बन्धी सम्झौता

नेपालखबर
चैत २५, २०७७ बुधबार १३:११,

काठमाडौँको वागबजारस्थित एनसीसी बैंकको केन्द्रीय कार्यालय र काभ्रेको बनेपामा रहेको आगन्तुक रिसोर्टबिच विभिन्न आकर्षक छुट सुविधा प्याकेजहरुमा सम्झौता भएको छ।

बैंक र रिसोर्टबीच एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्गका ग्राहक र बैंकका कर्मचारीहरुलाई रिसोर्टमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो।

रिसोर्टले फुड एण्ड बेभरेजमा १५ प्रतिशत, स्वीमिङ पुलमा १० प्रतिशत, हेल्थ क्लब मेम्बरसिपमा १० प्रतिशत, बर्थडे केकमा १५ प्रतिशत, सौना जाकुज्जीमा १५ प्रतिशत र फुड स्टलमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ।

नेपालको वित्तिय क्षेत्रमा २५ वर्ष देखी सरल, सहज र भरपर्दो बैँकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैँकबाट क वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदन गर्दे आएको छ। बैँकले ल्याएका विभिन्न प्रकारका नयाँ र आकर्षक सेवा सुविधाले ग्राहकहरु झन आकर्षित भइरहेका छन्।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकका ७ वटै प्रदेशमा गरि कुल १२८ शाखा संचालनमा रहेका छन् भने ८ वटा एक्स्टेन्सन काउन्टर संचालित छन्। यस्तै देशभर जम्मा १०७ वटा एटीएम सञ्चालन गरी बैँकले आफ्ना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad