कारोबार


सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड सुरु

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड सुरु

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ५:४९,

सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड सुरु भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा आईपीओ वितरण सुरु भएको हो।

कम्पनीले यही चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा २९ लाख कित्ता आईपीओ वितरणका लागि खुला गरेको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत ५८ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

जुन सेयर अहिले बाँडफाँड सुरु भएको हो।

जसमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता सेयर खरिदको लागि आवेदन परेको छ। जसका लागि गोलाप्रथाबाट बाँडफाँड भइैरहेको बिक्री प्रबन्धक कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad