शाओमी, नेपालको नम्बर १ स्मार्टफोन ब्रान्डले एक स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टिभी स्टिकको शुभारम्भको घोषणा गरेको छ जसले कुनै पनि नन–स्मार्ट टिभीलाई स्मार्ट टिभीमा रुपान्तरण गर्ने लक्ष्य राखेको छ।
एन्ड्रोइड टिभी ९.० द्वारा संचालित एमआई टिभी स्टिकले गुगल प्ले मार्फत ५००० भन्दा माथि एप्स र गेम्सहरुको पहुँच प्रदान गर्दछ।
एक स्लिम र स्लिक डिजाइन भएको एमआई टिभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन (२८.५ ग्राम्स, ९२.४ ह ३०.४ मिलिमिटर) ले बनेको छ।
प्रयोगकर्ताहरुले अब कुनै पनि टिभीमा पूर्ण एचडी रेजलुसनमा हजारौँ घण्टाको मिल्ने सामग्रीको मज्जा एमआई टिभी स्टिकलाई ३० सेकेन्ड भन्दा कममा जडान गरेर लिन सक्छन्।
ग्याजेटमा सिनेमा जस्तो अनुभवको लागि डोल्बी र डीटीएस अडियो कम्प्रेसन टेक्नोलोजी पनि छ। यसका अतिरिक्त एमआई टिभी स्टिक क्वाड–कोर प्रोसेसर सहितको १ जीबी र्याम र ८ जीबी को इन्टरनल स्टोरेजको सहज र ललेश प्रदर्शनको आश्वासन सहितको प्रोसेसरबाट पनि सुसज्जित छ।

प्रतिक्रिया