सेयरबजारमा आज ९२.४६ अंकको उछाल आएको छ।
बजार परिसूचक नेप्से आज उक्त दरमा बढेर २५९९.०७ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार सेन्सिटिभ सूचक पनि आज १४.४८ अंकले उकालो लागेको छ।
आजको कारोबारमा २१६ कम्पनी सामेल भए पनि कुल ५ अर्ब १० करोड ९० लाखको मात्रै सेयर किनबेच भएका छन्।
यो कारोबार रकम हिजोको तुलनामा कम हो। सोमबार साढे ६ अर्ब माथिको कारोबार भएको थियो।
नेप्सेका अनुसार आज बजार पुँजीकरण ३५ खर्ब र तरलता १२ खर्ब रुपैयाँको छ।
हिजो राताम्य १३ वटा समूहको सूचक आज फेरि पूरै हरियो भएको छ। आज बीमा समूहको सूचक उच्च अंकले बढेको छ।
आज माथिल्लो तामाकोशीसहित झण्डै दर्जन कम्पनीको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ। गुमाउने लगानीकर्ताले आज १.९४ प्रतिशतसम्म मात्रै गुमाएका छन्।
सर्वाधिक कारोबारमा आज पनि माथिल्लो तामाकोशी नै अगाडि छ। कम्पनीको २३ करोडको, निफ्राको २१ करोडको, पुनर्बीमा कम्पनीको १४ करोडको र नबिल बैंकको १३ करोडको कारोबार भएको छ।
Shares

प्रतिक्रिया