कारोबार


हुवासिनको लगानीनै फिर्ता हुने गरी गतिविधि गरिनु दुखदः चेम्बर

हुवासिनको लगानीनै फिर्ता हुने गरी गतिविधि गरिनु दुखदः चेम्बर

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार १०:२१,

चिनियाँ लगानीको सिमेन्ट उद्योग हुवासिनको लगानी नै फिर्ता गराउने गरी पछिल्ला दिनमा भइरहेको गतिविधिप्रति धादिङ चेम्बर अफ कमर्सले आपत्ति जनाएको छ।

नेपाल सरकार वैदेशिक लगानी भित्राउनका लागि लागीपरिरहेको अवस्थामा नेपालमा आइसकेको वैदेशिक लगानीलाई सहजीकरण गर्नुको साटो अनेकन बाहनामा लगानीनै फिर्ता हुने गरी गतिविधि गरिनु दुखद भएको चेम्बर धादिङले ठहर गरेको हो।

८० प्रतिशत चिनियाँ लगानीमा धादिङको बेनिघाट–रोराङ गाउँपालिका २ मा निर्माणधिन सिमेन्ट उद्योग धादिङ जिल्लाको गौरवको विषय भएको र उक्त उद्योग स्थापनापछि स्थानीयले क्षमता अनुसारको रोजगारी पाउने तथा देशको आर्थिक विकासमा धादिङको छुट्टै योगदान र पहिचान बन्ने भएकाले कुनै पनि अवरोध नगर्न आग्रह गरिएको छ।

उद्योग सञ्चालनका लागि केही जग्गा कम्पनीले खरिद गरेको, केही सार्वजनिक जग्गा भाडामा लिएको कुरा सर्वविदिदै छ भन्दै सार्वजनिक जग्गा लिजमा लिइ उद्योग स्थापना गर्नका लागि सरकारको छुट्टै नियम समेत रहेको चेम्बरले स्मरण गराएको छ।

हुवासिन सिमेन्ट उद्योगले स्थानीय निकायसँग जग्गा लिजमा लिने सम्झौतामा कुनै त्रुटी भएको भए स्थानीय जनतासँगको समन्वयमा नै समस्याको समाधान गर्न सकिने अवस्था कायम रहँदा रहँदै अनावश्यक तरिकाले सम्झौता नै खारेज गराउने तर्फ भइरहेको व्यापार औद्योगिक वातावरण निर्माण हुन नदिने र समृद्धिको बाधक समेत रहेको चेम्बरको दाबी छ।

केही दिन पहिले संसदको सार्वजनिक लेखा समितिले जग्गा भाडा सम्बन्धी विषय कानूनसम्मत नभएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad