कारोबार


रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोडको सेयर निस्कासन गर्ने

रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोडको सेयर निस्कासन गर्ने

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार ११:१०,

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। 

साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले आ.व.२०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए। कम्पनीका अन्य सञ्चालकहरुमा भरत कुमार तोदी, जगदीश कुमार अग्रवाल, अमित कुमार बेगानी तथा सुन्दर प्रसाद कँडेल छन्।

सो सभाले सञ्चालक समितिको आ.व. २०७४/७५ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७५/०७६ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको परिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।

सिद्धार्थ बैँक लिमिटेड लगायत नेपालका केही प्रतिष्ठित घरानाहरुद्वारा प्रवद्र्धित रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (कम्पनी)ले मिति २०७४ मंसिर १ गतेदेखि विधिवत्् रुपमा जीवन बीमा व्यवसाय संचालन गर्दै हाल ८८ वटा शाखा÷उपशाखा कार्यालयहरुबाट आफ्ना सेवा प्रदान गर्दै आएको छ।

कम्पनीको अधिकृत पूँजी रु. ३ अर्ब र जारी पुँजी रु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम रु. ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad