काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेशनल स्कूल उपत्यकास्तरीय तीज गीत नृत्य प्रतियोगितामा सान्त्वना पुरस्कार प्राप्त गरेको छ।
बुनपा–१२ फैकास्थित त्रिज्योती माविद्वारा आयोजित कार्यक्रममा फेरिल्याण्डले चौथो स्थान हासिल गरी सान्त्वना पुरस्कार प्रात गरेको प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी दिए।
प्रतियोगितामा हिमरश्मी मावि मनमैजु प्रथम, अवार्नेस इन्टरनेशनल स्कूल (एआईए) शंखमूल दोस्रो तथा गोल्डन पिक हाइ स्कूल सरस्वतीनगर चाबहिल तेस्रो भएका छन्।
उपत्यकाव्यापी नृत्य प्रतियोगितामा २४ वटा विद्यालयले सहभागिता जनाएका आयोजक त्रिज्योती माविले जनाएको छ।
3
Shares

प्रतिक्रिया