कारोबार


नेपालको केन्द्रीय प्रशारण लाइनमा ४२ मेगावाट बिजुली थप

नेपालको केन्द्रीय प्रशारण लाइनमा ४२ मेगावाट बिजुली थप

नेपालखबर
जेठ २, २०७८ आइतबार २:५२,

नेपालको केन्द्रीय प्रशारण लाइनमा ४२ मेगावाट बिजुली थप भएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा निर्मित मिस्त्रीखोला जलविद्युत् आयोजनाबाट उत्पादित ४२ मेगावाट बिजुली गएको बिहीबारबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो।

नेपाल विद्युत् प्राधिकरणका प्राविधिकको निगरानीमा आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको छ। । आयोजनाबाट उत्पादित बिजुली म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानास्थित कालीगण्डकी करिडोरको २२० केभीए प्रसारण लाइनको सबस्टेसनमा जोडिएको आयोजनाका इन्जिनियर दिवाकर खड्काले जानकारी दिए।

‘आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको छ,’ इन्जिनियर खड्काले भने, ‘कुनै प्राविधि समस्या नदेखिए आयोजनाबाट यही जेठ १५ देखि नियमित व्यवसायिक उत्पादन शुरु गर्ने छौँ।’

माउन्टेन इनर्जी प्रालिले २०७३ जेठबाट यो आयोजनाको निर्माण थालेको थियो। अहिलेसम्म आयोज निर्माणमा ५ अर्ब ६४ करोड खर्च भइसकेको खड्काले जानकारी दिए। प्रतिमेगावाट १३ करोड ५० लाख उत्पादन लागत रहेको मिस्त्रीखोला नेपालकै सस्तो प्रोजेक्ट भएको दाबी आयोजनाले गरेको छ।

आयोजनाले बर्खायाममा ४ रुपैयाँ ६६ पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्राधिकरणसँग विद्युत् विद्युत् खरिद सम्झौता गरेको छ। मिस्त्रीखोला आयोजनाबाट ४२ मेगावाट विजुली थप भएपछि नेपालमा विजुलीको माग र आपुर्तिबीचको सन्तुलनमा केही सहयोग पुग्ने अपेक्षा प्राधिकरणले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad