कारोबार


सेयरबजारमा ९ अंकको गिरावट, यी हुन् आज कमाउने र गुमाउने लगानीकर्ता

सेयरबजारमा ९ अंकको गिरावट, यी हुन् आज कमाउने र गुमाउने लगानीकर्ता

नेपालखबर
भदौ १, २०७६ आइतबार १०:४,

साताको पहिलो कारोबार दिन आज सेयरबजारमा ९.२० अंकको गिरावट छाएको छ। आज नेप्से सूचक उक्त अंकले घटेर १२१४.८३ अंकमा ओर्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज १.५७ अंकले घटेको छ।

११ लाखको सेयर बिक्री भएको दिन १ सय ६० कम्पनीको सेयर ७ हजार ७ सय १ पटकको किनबेचमा ३२ करोडको कारोबार भएको छ। आज ११ समूहको कारोबार भए पनि उत्पादन समूहको बाहेक अन्य सबै समूहको कारोबार सूचक ओरालो लागेका छन्।

कारोबारका आधारमा आज एनआईसी एसिया बैंकको २ करोड ४५ लाखको सेयर प्रतिकित्ता ४ सय ५१ रुपैयाँमा बिक्री भएको छ। त्यस्तै, रसुवागढी हाइड्रोपावर कम्पनीको १ करोड ७० लाखको, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ७० लाखको प्रतिकित्ता ४ सय ७९ रुपैयाँमा, कृषि विकास बैंकको १ करोड ५७ लाखको प्रतिकित्ता ४ सय ३० रुपैयाँमा, शिवम् सिमेन्टको १ करोड ३८ लाखको सेयर प्रतिकित्ता ५ सय ८२ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै प्राइम कमर्सियल बैंकको १ करोड ७ लाखको प्रतिकित्ता २ सय ७६ रुपैयाँमा कारोबार भएको छ। यसबाहेक अन्य कम्पनीको कारोबार १ करोडभन्दा कम रहेको छ।

कमाइका आधारमा आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले आज सबैभन्दा धेरै ९.८५ प्रतिशत प्रतिकित्ता आम्दानी गरेका छन्। ग्लोबलका सेयरधनीले ६७ रुपैयाँ कमाउँदा रिलाइन्स फाइनान्सका सेयरधनीले ६.८४ प्रतिशत, गुडविल फाइनान्सका सेयरधनीले ३.७३ प्रतिशत, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले २.६४ प्रतिशत अर्थात् २७ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।

गुमाउनेमा भने आज गुराँस लघुवित्त वित्तीय संस्था अगाडि छ। कम्पनीका सेयरधनीले २५ रुपैयाँ अर्थात् ४.७५ प्रतिशत प्रतिकित्ता घाटा व्यहोरेका छन्। त्यस्तै, वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका सेयरधनीले ३.९६ प्रतिशत गुमाउँदा गुराँस लाइफ इन्स्योरेन्सका सेयरधनीले ३.८५ प्रतिशत, रसुवागढी हाइड्रोपावरका सेयरधनीले ३.३३ प्रतिशत र सेन्चुरी कमर्सियल बैंकका सेयरधनीले ३.०९ प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad