गायक राज सेवा र गायिका रुक्मणी रिजालको आवाजमा सजिएको डान्सिङ भिडियो ‘बाडुल्की लाग्यो’ बजारमा आएको छ।
जीवन बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ। रोमान्टिक गीतमा जीवन बुढाथोकी र रुक्मणी रिजालको अभिनय रहेको छ।
दिपक गिरीको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन रहेको छ। ‘बाडुल्की लाग्यो’ गीतको भिडियोमा कोरियाग्राफि सन्देश धिमालको रहेको छ।
भदौ १, २०७६ आइतबार ९:५१

प्रतिक्रिया