सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा रोजगारदाताले जेठ र असारको जम्मा गर्नुपर्ने रकम सरकारले व्यहोर्ने भएको छ।
बजेटमार्फत कोषमा श्रमिकको तर्फबाट ११ प्रतिशत र रोजगारदाताको तर्फबाट २० प्रतिशत रकम सरकार आफैँले व्यहोर्ने घोषणा गरेको छ।
त्यस्तै कोषले सामाजिक सुरक्षा योजना कार्यविधि २०७५ को दोस्रो संशोधन गर्दै योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरेको छ।
कोषले २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरुले चाहेमा नितृत्तिभरण अन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा हस्तान्तरण गर्नसक्ने सुविधा दिएको छ।
अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा ८० प्रतिशतसम्म विशेष सापटीको रुपमा प्रदान गर्न सकिने व्यवस्था रहेका छन्।

प्रतिक्रिया