कारोबार


पशुपन्छी पालककालागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍याे निशुल्क हटलाइन सेवा

पशुपन्छी पालककालागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍याे निशुल्क हटलाइन सेवा

नेपालखबर
जेठ २४, २०७८ सोमबार १०:४३,

नेपाल भेटेरिनरी एशोसिएसनले कोभिड महामारीका बिचमा पशुपन्छी कृषकहरुले भोगेका समस्यालाई सम्बोधन गर्न ४ अंकको निशुल्क हटलाइन सेवा सुरु गरेको छ।

कृषकहरुको सहजताको लागि सो सेवा ११५९ डायल गरेर निशुल्क रुपमा प्राप्त गर्न सकिने एसोसिएसनले जनाएको छ।

निरन्तर रुपमा पशुपन्छीपालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस् भनेर टोल फ्रि नम्बर मार्फत निरन्तर परामर्शको सुविधा प्रदान गर्नको लागि हटलाइन फोन सेवा सुरु गरेको अध्यक्ष डा. सितलकाजी श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन्।

यो सेवा प्रदान गर्न नेपाल भेटेरिनरी एशोसिएसनसँग निम्बस कम्पनीले सहकार्य गरेको छ। निम्बस नेपालमा पशुपन्छीको पेलेट दाना उत्पादन गर्ने पहिलो कम्पनी हो। नेपाल सरकारको नियमित पशु सेवा प्रसार पहुँच करिब ३० प्रतिशत कृषककोमा मात्र पुगेको परिप्रक्ष्यमा यस कार्यले सेवा पाउनबाट बञ्चित दूरदराजको कृषकलाई समेत विज्ञसँग सिधै जोडिदिनेछ।

गत वर्ष जस्तै यस वर्ष पनि नेपाल भेटेरिनरी एसोसिएसन र यसका प्रादेशिक कमिटिहरुबाट टेलीमेडिसिन परामर्श सेवा संचालन समेत सन्चालान गरेको जनाएको छ। टेलीलिमेडिसिन परामर्श सेवाका निम्ति एसोसिएसनले देशभरिबाट करिब ३०० पशु चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ। टेलीलिमेडिसिन परामर्श सेवा आवश्यकताका अनुसार भिडिओ प्रविधिमार्फत पनि हुनेछ।

एसोसिएसनका अनुसार हटलाइन टोल फ्रि नम्बरमा सेवा प्रदानको लागि विभिन्न क्षेत्रमा पशुपन्छी उपचार सेवामा सक्रिय अनुभवी पशुचिकित्सहरुले सेवा प्रदान गर्नेछ भने टेलि मेडिसिन परामर्शमा प्रादेशिक कमिटिसहितको व्यवस्थापनमा करिब ३०० पशु चिकित्सकहरुको सहभागिता रहनेछ।

लकडाउनको अवधिमा कृषकहरु पशु चिकित्सककोमा पुग्न समस्या पर्ने र फिल्डमा नगई नहुने उपचार बाहेकका अन्य सामान्य परामर्श, घरेलु उपचार वा व्यवस्थापकिय पक्षमा प्राविधिक परामर्शले समेत कृषकको लागि फाइदा पुग्ने देखिन्छ। 

पशुपन्छीको स्वास्थ्य, आहारा, प्रजनन, र अन्य व्यवस्थपकीय पक्ष सम्बन्धित समस्याहरुको समाधानका लागि आवश्यकता अनुसार टोल फ्रि नम्बरबाट निशुल्क विज्ञको परामर्श लिन सकिनेछ। यो सेवा हाललाई अत्यावश्यक अवस्थामा हप्ताका सातै दिन २४ सै घण्टा उपलब्ध गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad