नेपालको फुड चेन डल्ले रेष्टुरेन्टको फ्रेन्चाइजी काठमाडौंको खिचापोखरीमा खुलेको छ। यसअघि नै यो फ्रेन्चाइजी काठमाडौंमा नौ स्थानमा खुलिसकेको छ।
नेपाली स्वादलाई मेन्यु बनाएर एउटै स्वाद र ब्रान्डमा सबैतिर विस्तार हुने लक्ष्यसहित डल्लेको स्थापना भएको थियो। रेष्टुरेन्टमा एक करोड लगानी गरिएको प्रबन्धनिर्देशक दिनेश बोगटीले जानकारी दिए।
एउटै स्वाद र विश्वासिलो ब्रान्डमा ग्राहकलाई सेवा दिनका लागि रेष्टुरेन्ट खोलिएको उनको भनाइ छ। रेष्टुरेन्टमा एकैपटक ६० जनालाई सेवा दिने सकिने क्षमता रहेको छ। डल्लेका कुनै पनि चेनमा जाने खानाको परिकार एउटै किचेनमा तयार हुन्छ।
डल्लेको सेन्ट्रल किचेनमा तयार हुने बोगटीले जानकारी दिए। यसबाट स्वाद र पौष्टिकतामा एकरुपता आउने उनको उनको भनाइ छ।
3
Shares

प्रतिक्रिया