अटो


यामाहाको महाएक्सचेन्ज मेला १९ गतेसम्म सञ्चालन हुने

यामाहाको महाएक्सचेन्ज मेला १९ गतेसम्म सञ्चालन हुने

नेपालखबर
भदौ १५, २०७६ आइतबार ११:४७,

यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहाले दशैं तथा तिहारलाई लक्षित गरी यामाहाको ‘महा एक्सचेन्ज’ मेला सुरु गरेको छ। शनिबारदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह प्रांगणमा आयोजना भएको उक्त मेला १९ गतेसम्म सञ्चालन हुनेछ।

कम्पनीका विक्रम शर्मा पौडेलका अनुसार काठमाडौंका टपस्तरका ३० वटाभन्दा बढी रिकन्डिसन हाउसहरु रहेका छन्। त्यसमा छानी छानी राम्रो मूल्यांकनमा आफ्नो पुरानो स्कुटी तथा मोटरसाइकल बिक्री गर्न सकिन्छ। यो मेलाको महत्वपूर्ण पक्ष भनेको नै धेरैतिर चहार्नुपर्दैन। दशैँ तिहार आउँदै छ। नयाँ मोटरसाइकल चढ्ने सबैको चाहना हुन्छ नै, त्यसको लागि उपभोक्तालाई यो अवसर भएको उनी बताउँछन्।

yamaha exchang 2

उनका अनुसार मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यांकनको अतिरिक्त २० हजार मूल्य प्राप्त गर्नसक्ने छन्। मेलामा विभिन्न आकर्षक डिजाइन तथा मोडलका बाइक तथा स्कुटरहरु राखिएका राखिएका छन्। त्यसमा छानेर ग्राहकले एक्सचेन्ज गर्न सक्नेछन्।

yamaha exchang 3

मेलामा एक लाख ९० हजारदेखि चार लाख ६४ हजार रुपैयाँसम्मका विभिन्न मोटरसाइकल तथा स्कुटरहरु राखिएको कम्पनीले बताएको छ। मेलामा ग्राहकले फाइनान्सको सुविधा पनि लिन सक्ने कम्पनीले जनाएको छ।

yamaha exchang 4

yamaha exchang 5

yamaha exchang 6

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad