प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हौँ भन्दै धम्की दिएर रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार र आइतबार उपत्यकाका विभिन्न स्थानबाट उनहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा झापा घर भइ हाल काठमाडौँको बानेश्वर बस्ने ४२ वर्षीय विश्वराज शर्मा, झापा नै घर भई भक्तपुरको गठ्ठाघर बस्ने ४१ वर्षीय सुवास कोइराला र झापा नै घर भई काँडाघारी बस्ने २४ वर्षीय सुभम घिमिरे रहेका छन्।
पक्राउ परेकामध्ये कोइरालाका साथबाट ‘जनध्वनी’ साप्ताहिक पत्रिकाको सम्पादकको परिचयपत्र बरामद गरेको प्रहरीले जनाएको छ।
महाशाखाको टोलीले पक्राउ गरेका उनीहरुलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसरमा बुझाएको छ।
पक्राउ परेका तीन जनाले विप्लव नेकपाको काठमाडौँ इन्चार्ज हुँ भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई घर बमले उडाइदिने, ज्यान लिने धम्की दिँदै रकम असुल्दै आएका थिए।
प्रहरीले पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया