आईएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रालिले प्रवर्द्धन गरेको अशोक लेल्यान्ड र विराटनगर प्रधान कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नबिन सुवेदी र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन्।
यस सम्झौताअनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा बैंकबाट पाउने भएका छन्। यसैअनुरुप ग्राहकहरुले अशोक लेल्यान्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्नेछन्। यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले बताए। कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडि बढ्ने पनि सहमति भएको छ।
रेमिट्यान्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो। रेमिट्यान्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जालगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ।

प्रतिक्रिया