कारोबार


ईजी मोबाइलको दशैं तिहार आकर्षक अफर

ईजी मोबाइलको दशैं तिहार आकर्षक अफर

नेपालखबर
असोज २, २०७६ बिहिबार ९:१९,

रु १ मा नै मोबाइल फोन ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको कम्पनी ईजी मोबाइल केयर प्रालिले दशैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरुका लागि फेष्टिवल अफर ल्याएको छ।

न्यूरोड ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्राण्डका स्मार्टफोनहरु किस्ताबन्दीमा खरिद गर्न सकिने अफर सार्वजनिक गरेको छ।

‘बैंकको क्रेडिट कार्ड देखाउनुस, शुन्य प्रतिशत ब्याज र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस,’ नामक अफरअन्तरगत हाल ग्लोबल आइएमइ बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुच्छ्र्रे बैंक, प्रभु बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरुले यसको फाईदा उठाउन सक्नेछन्।

यो अफरअन्तरगत सुविधा लिनको लागि तपाईँले आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शुन्य ब्याजदरमा कुनैपनि ब्राण्डको स्मार्टफोन किन्न सक्नेछन्। यहि असोज १ गतेदेखि लागू भएको यो अफर कात्तिक ३० गतेसम्म लागू हुनेछ।

कम्पनीले विशेषगरि बैंकका क्रेडिट कार्ड होल्डरहरुलाई सहज र सुविधाजनक रुपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरि यो योजना ल्याएको ईजी मोबाइल केयर प्रा।लि।का अध्यक्ष संजित पौडेलले बताए।

‘हामी रु १ मा स्मार्टफोन र मासिक किस्ताबन्दीमा स्मार्टफोन दिने नेपालकै पहिलो र एक मात्र कम्पनी हौं, बैंकका क्रेडिट कार्ड होल्डरले सजिलोसँग नै मनपरेको स्मार्टफोन किन्न सक्ने सुविधा दिएका छौं,’ उनले भने।
कम्पनीले नगदमा स्मार्टफोन किन्ने ग्राहकहरुका लागि पनि सुविधा र अफर दिएको छ। ग्राहकहरुले विभिन्न स्मार्टफोनहरुमा न्यूनतम ५ प्रतिशतदेखि ५० प्रतिशतको छुट पाउन सक्नेछन्।

सिमित अवधिका लागि घोषणा गरिएको यस अफरअन्तरगत किस्ताबन्दीमा कुनै ब्याज लाग्ने छैन भने ग्राहकले आफ्नो चाहनाअनुसार बाँकी रकम ६ महिना, १२ महिना, १५ महिना र १८ महिनाको किस्ता छनौट गरेर भुक्तानी गर्ने सुविधा दिएको छ। यस कम्पनीबाट किनेको फोनमा थप १ वर्षको वारेन्टी सुविधा प्राप्त गर्नेछ।

काठमाडौंको मुटु न्यूरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको ईजी मोबाइल केयर प्रा।लि। मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्धेश्यका साथ स्थापना भएको कम्पनी हो। नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने यो कम्पनीले आफ्ना विभिन्न सेवाहरु संचालन गर्दै आएको छ।
अफरमा शर्तहरु लागू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad