नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै मात्र चितवनमा टाटा मोटर्सको दोस्रो एक्सपिरियन्स जोनको सुरुवात गरेको छ।
यस एक्सपिरियन्स जोनको उद्घाटन कलाकार दयाहाङ्ग राई सहित नेपाली चलचित्र कवड्डी टिमद्वारा गरिएको हो।
टाटा मोटर्स एक्सपिरियन्स जोन चितवनस्थित सीजी ल्याण्डमार्कमा छ। टाटा मोटर्सको यो दोस्रो एक्सपिरियन्स जोन हो; यसअघि ललितपुरको पुल्चोकस्थित लाबिम मलमा पहिलो एक्सपिरियन्स जोनको सुरुवात भएको थियो ।
यस एक्सपिरियन्स जोनमा बजार प्रतिनिधिहरु मार्फत टाटा मोटर्सका गाडीहरुको बारेमा विस्तृत जानकारी लिन सकिनेछ र यसका साथै टेस्ट ड्राईभको पनि व्यवस्था गरिएको छ । साथै टाटा मोटर्सका ग्राहकहरुका लागि मात्र प्रिभिलेज्ड पार्किङ्गको पनि सुविधा रहेको छ ।
टाटा मोटर्सले ग्राहक सेवालाई अझै परिस्कृत र उत्कृष्ट बनाउने उद्देश्यले शोरुमभन्दा बाहिरबाट पनि यस किसिमको सेवा दिन थालेको हो ।


Shares

प्रतिक्रिया