ad ad

कारोबार


विद्युतीय गाडीभन्दा इन्धनमा बाहिरिने डलर बढी छ : ध्रुव थापा

विद्युतीय गाडीभन्दा इन्धनमा बाहिरिने डलर बढी छ : ध्रुव थापा

नाडा अध्यक्ष ध्रुव थापा


नेपालखबर
जेठ २४, २०७९ मंगलबार १६:३९, काठमाडौँ

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले विद्युतीय गाडी अबको भविष्य भएकाले प्रवर्द्धन आवश्यक भएको बताएका छन्। 

सरकारले आर्थिक विधेयक २०७९ मार्फत विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क बढाएपछि अटो व्यवसायीले नेपालको हितविपरीत भएको बताउँदै विरोध गरेका हुन्। 

‘विद्युतीय गाडी भविष्य हो। अन्तर्राष्ट्रिय रुपमा सबै देशले विद्युतीय गाडी प्रवर्द्धन गरिरहेका छन्’, थापाले भने, ‘विद्युतीय गाडीको कर वृद्धि फिर्ता गर्नुपर्ने व्यवसायीको मात्रै नभई सांसदहरुले पनि माग गर्नुभएको छ।’

अबको १० वर्षमा नेपालको सडकमा अधिकांश विद्युतीय गाडी नै हुनेछन्। पेट्रोल डिजेलका गाडी घट्ने थापाको आकलन छ। 

‘विद्युतीय गाडी वातावरणीय अनुकूल मात्रै नभई नेपालमा उत्पादन भएको विद्युत खपतको लागि पनि विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्छ’, उनले भने, ‘सरकारले विद्युतीय सवारीसाधन आयात गर्दा नेपालबाट डलर बाहिरिने हुँदा कर वृद्धि गरेको तर्क पेश गर्दै आएको छ। सरकारले एउटा पक्षबाट मात्रै हेर्दा त्यस्तो देखेको हो।’

विद्युतीय सवारीसाधनले डिजेल पेट्रोलका गाडीभन्दा अन्तर्राष्ट्रिय बजारमा महंगो रहेको स्वीकार गर्दै आयात गर्दा बढी खर्च गर्नुपर्ने बाध्यता रहेको बताए। 

तर पेट्रोल डिजेलको आयातमा गइरहेको डलरभन्दा कम रहेको उनको भनाइ छ। 

‘विद्युतीय गाडी मात्रै खपत हुँदा डिजेल र पेट्रोल खरिदमा बाहिरिने डलर बचत हुन्छ। यो पक्षमा सरकारले हिसाब गरेको पाइँदैन’, उनले भने।

थापाले नेपालको सडक अवस्थाअनुसार २०० सीसी मोटरसाइकल आवश्यक रहेको बताए। 

‘नेपालका सडकको अवस्था नै त्यस्तो छ सर्वसाधारणको लागि पनि २०० सीसीमाथिको मोटरसाइकल आवश्यक पर्छ’, उनले भने। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .