१५० सीसीमाथिका मोटरसाइकल आयात प्रतिबन्ध लगाउँदा बजाज र टीभीएसलाई फाइदा पुगेको छ।
नेपालमै एसेम्बलिङ उद्योग खोली दुईपांग्रे बिक्री गरिरहेका कम्पनीलाई प्रत्यक्ष फाइदा पुग्ने भएको हो।
सरकारले १५० सीसीमाथिका तयारी मोटरसाइकल आयात प्रतिबन्ध लगाए पनि एसेम्बलिङको लागि १५० माथिका मोटरसाइकल आयात गर्न पाइन्छ। शेखर गोल्छाहरुको बजाज र शंकर ग्रुपको टीभीएसले नेपालमा १५० सीसीमाथिका मोटरसाइकल उत्पादन गर्दै आएका छन्।
सरकारले नेपालमा उद्योग खोली एसेम्बलिङ गर्नेको लागि अन्तःशुल्कमा ५० प्रतिशत छुट दिँदै आएको छ। सरकारले १५० सीसीमाथिका तयारी अवस्थाका मोटरसाइकलको कर बढाउँदै एसेम्बलिङ गर्नेलाई छुट दिएको छ।
सरकारले एसेम्बलिङ गर्ने उद्योगलाई प्रोत्साहनको लागि १५० सीसीमाथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध नलगाएको बताउँदै आएको छ। तर व्यवसायी भने आयात बन्द गरेर प्रोत्साहन गरेको भन्न नमिल्ने तर्क गर्छन्।
नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष ध्रुव थापाले तयारी मोटरसाइकलको आयात प्रतिबन्ध गरेर एसेम्बलिङको लागि छुट दिएको भन्न नसकिने बताउँछन्।
‘अहिले २ वटा कम्पनीले मात्रै एसेम्बलिङ गरिरहेको अवस्थामा प्रोत्साहन गर्न आयात रोक लगाएको भन्न सकिँदैन’, थापाले भने, ‘सरकारले एसेम्बलिङको लागि बजेटमा दिएको छुट राम्रो छ तर आयात पनि गर्न दिनुपर्छ।’
१ लाख मोटरसाइकल नेपालमै एसेम्बलिङ
गत साउन महिनामा मात्रै अनएसम्बल मोटरसाइकल ३ हजार ९१० वटा भित्रिएका छन्। जसमा १२५ सीसीम्मका ९११ वटा भित्रिएका छन् भने १२५ देखि २०० ससीसीम्मका २ हजार ३२४ वटा आयात भएका छन्।
२०० देखि २५० सीसीम्मका ६७५ वटा मोटरसाइकल भित्रिएको भन्सार विभागको तथ्यांकले देखाएको छ।
सरकारले १५० सीसीमाथिको मोटरसाइकल आयातमा प्रतिबन्धसँगै आयात ह्वात्तै घटेको छ। १ महिनामा १२५ सीसीसम्मका १३ हजार ३९२ वटा आयात भएका छन्। १२५ देखि २०० सीसीका १३ सय ८२ र २५० सीसीका ४० वटा मात्रै भित्रिएका छन्।
अघिल्लो वर्ष करिब १ लाख अन एसेम्बलिङ मोटरसाइकल तथा स्कुटर भित्रिएका थिए। सरकारले एचएसकोड ८७११२०११ कोडका १२५ सीसीसम्मका अनएसेम्बलिङ मोटरसाइकल आयात गर्न दिएको छ। अघिल्लो वर्ष ४२ हजार ४६ वटा अनएसेम्बलिङ मोटरसाइकल तथा स्कुटर नेपाल भित्रिएका थिए।
एचएसकोड ८७११२०१२ मा १२५ देखि २०० सीसीम्मका अनएसेम्बलिङड मोटरसाइकल तथा स्कुटर भित्रन्छन्। त्यस्तै २०० देखि २५० सीसीम्मका १६ हजार ८१४ अनएसेम्बलिङ मोटरसाइकल नेपाल भित्रिएका छन्।
Shares

प्रतिक्रिया