कारोबार


मोटरहेडको दसैँ अफर, बाइक खरिद गर्दा १ लाखसम्म जित्ने अवसर

मोटरहेडको दसैँ अफर, बाइक खरिद गर्दा १ लाखसम्म जित्ने अवसर

नेपालखबर
भदौ १९, २०७९ आइतबार ११:३१, काठमाडौँ

नेपालका लागि मोटरहेड ब्राण्डका आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले दसैँ अफर सार्वजनिक गरेको छ। 

कम्पनीले यही भदौ १९ बाट कात्तिक १५ सम्म लागू हुने गरी ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको हो। 

यसअनुसार मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्डमार्फत ७ हजार ९ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने अफरको साथै बम्परमा १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्न सक्नेछ। 

यसका साथसाथै टेकन २५० पुरानो मोडलको खरिद जुनै पनि माध्यमबाट खरिद गर्दा सिधै २५ हजार रुपैयाँ छुट पाइनेछ। कम्पनीले हात खाली नहुने उद्देश्यले हरेक शोरुममा आउने ग्राहकलाई टेष्ट राइड गराई उपहार दिने र आफ्नो पोज एन्ड पोस्ट क्याम्पेनअन्तर्गत शोरुममा फोटो खिची लाइक तथा सेयर गरी हरेक हप्ता एक जनाले आकर्षक उपहार समेत पाउने व्यवस्था गरेको छ। 

मोटरहेडको हाल टेकन २५०, टेकन आर २५० अपग्रेडेड, स्पोर्ट्स२५० रोड, स्पोर्ट्स २५० अफरोड, एमएच१५०, एमएच–२००एक्स, एक्स–टर्क र स्क्राम्बलर गरी ८ मोडलका बाइकहरु ३ लाख १० हजारदेखि ४ लाख ९५ हजारसम्म मूल्यमा बिक्री गर्दै आएको छ। 

कम्पनीको, उपत्यकामा मित्रपार्क, टेकु, वालाजु, धोविघाट र सल्लाघारी भक्तपुर गरी ५ ठाउँमा शोरुम रहेको छ भने उपत्यकाबाहिर बिर्तामोड, इटहरी, हेटौंडा, मन्थली, कावासोती ,बुटवल, धादिङ, पोखरा, बाग्लुङ र जुम्ला गरी १० स्थानमा डिलर रहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad