चिनियाँ अटोमोबाइल कम्पनी ग्रेटवाल मोटर्सको ओरा गुड क्याट र वे कफी १ दुवैले अन्तिम चरणको युरो एनक्याप परीक्षणमा फाइभस्टार रेटिङ पाएका छन्।
जीएमडब्ल्यूको ओरा गुड क्याट एउटा सानो इलेक्ट्रिक ह्याचब्याक कार हो। यसले फाइभस्टार रेटिङ पाएको छ। यसको स्कोर एडल्ट अकुपेन्ट प्रोटेक्सनमा ८३ प्रतिशत, बालबालिकाको सुरक्षाको हकमा ८३ प्रतिशत र सडक प्रयोगकर्ताको हकमा ७४ प्रतिशत रहेको छ।
यसको सेफ्टी असिस्ट सिस्टमले ९३ प्रतिशत अंक पाएको छ।
जीडब्ल्यूएमकै वे कफी ०१ एसयूभीले पनि फाइभस्टार रेटिङ पाएको छ। युरोपमा लन्च हुनै बाँकी यो मोडलको प्रतिस्पर्धीका रुपमा फक्सवागनको टिगुआनलाई मानिएको छ। यसको एडल्ट अकुपेन्ट प्रोटेक्सनमा ९१ प्रतिशत, बालबालिकाको सुरक्षाको हकमा ८७ प्रतिशत र सडक प्रयोगकर्ताको हकमा ७९ प्रतिशत स्कोर रहेको छ। यसको सेफ्टी सिस्टमले ९४ प्रतिशत अंक बटुलेको कम्पनीले जनाएको छ।
युरो एनक्यापका महासचिव मिचेल भान रेटिन्जेनले यसलाई राम्रो नतिजा भनेका छन्।
नेपालमा कम्पनीका गाडीहरु भीजी इम्पेक्सले बिक्री गर्दै आएको छ।
Shares

प्रतिक्रिया