कारोबार


डिशहोमको दसैँ अफर : १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने!

डिशहोमको दसैँ अफर : १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने!

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १५:४५, काठमाडौँ

दसैँ, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ वर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्नसकिने योजना सञ्चालन गरिरहेको छ।

डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकहरुलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फण्डट्रान्सफरमार्फत एक वर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन्।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरुमध्ये प्रत्येक हप्ता लक्की ड्र मार्फत एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्नेछन्।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभी, रियालिटी टिभी, नेपा च्यानललगायत डिशहोम सोकेसमा लक्की ड्रको प्रत्यक्ष प्रसारण हुनेछ।

डिशहोमले एक दशकदेखि स्याटेलाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad