आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र साइमेक्स इंकबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र साइमेक्स इंकका सहायक महाप्रबन्धक आकाश विक्रम थापाले हस्ताक्षर गरेका हुन्।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट बीवाईडी ब्रान्डका सवारीसाधनहरुको बीमा गरेका ग्राहकहरुले कुनै पनि किसिमको दुर्घटना परी सवारीसाधनको क्षति भएमा नक्सालस्थित साइमेक्स इंकको सहकार्यमा निम्नानुसारको सहज सेवा प्राप्त गर्न सक्ने गरी यो सेवा शुभारम्भ गरिएको छ।
साइमेक्स इंकबाट बिक्री वितरण हुने बीवाईडी ब्रान्डका सम्पूर्ण सवारीसाधनको बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने र बीमापश्चात् कुनै पनि दुर्घटनामा परी क्षति भएमा सोको सहज र सरल तरिकाबाट नगदरहित दाबी भुक्तानी गर्ने गरी दुवै कम्पनीबीच सम्झौता भएको छ।
कम्पनीबाट बीमा भएको चारपांग्रे निजी सवारी साधनको दुर्घटना हुन गई सवारीसाधन क्षतिग्रस्त भइ मर्मतसम्भार गर्नुपर्ने भएमा साइमेक्स इंकको मर्मत केन्द्रमा उक्त क्षतिग्रस्त सवारीसाधन मर्मतसम्भारको लागि लगिएमा सो मर्मतसम्भारबापत लाग्ने खर्च बीमा कम्पनीले साइमेक्स इंकलाई सिधै भुक्तानी गरी लामो दाबी प्रक्रियालाई सहज, सरल र झन्झटमुक्त बनाउने उदेश्यले यो सम्झौता गरिएको छ।
यसअनुसार आइएमई जनरल इन्स्योरेन्सले उपलब्ध गराएको मोबाइल नम्बर ९८५१३३२११३ मा फोन, एसएमएस, भाइबर, ह्वाट्सएपमार्फत दुर्घटनाको जानकारी गराउन सकिनेछ। त्यस्तै सवारी साधन बीवाईडीको सर्भिस सेण्टरमा पु¥याए पश्चात दुर्घटनाग्रस्त सवारीको जांच गरी सवारी धनीलाई कुन मितिमा सवारी साधन फिर्ता गर्ने सो मितिको जानकारी दिइनेछ।
मर्मत संभार पश्चात बीमालेखमा तोकिएको सीमासम्मको रकम कम्पनीले सिधै बीवाईडी कम्पनीलाई भुक्तानी गर्नेछ भने सीमाभन्दा माथिको रकम सम्बन्धित सवारीसाधन धनीले भुक्तानी गर्ने गरी सोको जानकारी सम्बन्धित सावारी धनीलाई गराइनेछ । साथै मर्मतको दौरानमा सवारी धनीलाई सवारी साधनको मर्मतको यथास्थितिको जानकारी बीवाईडीबाट भइरहनेछ।
Shares

प्रतिक्रिया