ad ad

कारोबार


ईभी एक्स्पोमा विद्युतीय सवारीसाधनको प्रविधि र इकोसिस्टमबारे गोष्ठी, कसले के भने?

ईभी एक्स्पोमा विद्युतीय सवारीसाधनको प्रविधि र इकोसिस्टमबारे गोष्ठी, कसले के भने?

नेपालखबर
असोज ७, २०७९ शुक्रबार १७:३३, काठमाडौँ

नाडा ईभी एक्स्पोमा ईभी चौतारी सम्पन्न भएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भइरहेको नाडा ईभी एक्स्पोमा ईभी टेक्नोलोजी र इकोसिस्टमको विषयमा गोष्ठी सम्पन्न भएको हो। 

तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहनेछ। ईभी चौतारीको पहिलो दिन अर्थात् आज नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख अतिथ्यमा  प्रविधि र प्रणालीको बारेमा छलफल सम्पन्न भएको हो।

ईभी चौतारीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँगै साझा यातायातका अध्यक्ष कणकमणि दीक्षित, हेल्थ अफिस युयसएडका अफिसकी डेपुटी डाइरेक्टर किम्बरली वालर र नाडाका सभाध्यक्ष अनुपकुमार बराल, चिफ अफ पार्टी यूएसएड क्लिन एअरका चिफ अफ पार्टी भूषण तुलाधर र काठमाडौं नगरपालिकाका वातावरण प्रमुख सरिता राईले आफ्नो धारणा व्यक्त गरेका थिए। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा पहिलोपटक ईभी शोले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गरेको बताए। प्राधिकरणले विद्युतीय सवारीसाधनलाई सस्तो मूल्यमा बिजुली दिँदै आएको छ। जसले गर्दा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको तुलनामा निकै सस्तो पर्ने उनको भनाइ छ।

साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले नाडाको कार्यक्रममा मन्तव्य राख्दै अहिले नेपाली बजारले विद्युतीय सवारीसाधन स्वीकारेको बताए। विगतको दिनमा विद्युतीय सवारीसाधन देख्न पाउँदैनथ्यो। अहिले विस्तारै बढ्दै गएको छ। 

दक्षिण एसियाका अधिकांश देशले विद्युत् कोइलाबाट उत्पादन गरेर प्रयोग गर्दै आएका छन्। जुन निकै हानिकारक र वातावरणमा पनि ठूलो असर पार्छ। तर, नेपालले स्वच्छ ऊर्जा उत्पादन गर्ने भएकाले वातावरणीय हिसाबले पनि राम्रो र सस्तो पर्ने उनको भनाइ छ। 

त्यसैगरी, सरकारले पनि विद्युतीय सवारीसाधनलाई जोड दिएर साझा यातायातमा सेयर हालेको छ। उक्त रकमले साझा यातायातले ४० वटा सवारीसाधन ल्याउने भएको छ। तर, साझा यातायातले मात्रै जोड दिएर नहुने उनी बताउँछन्। त्यसमा सार्वजनिक यातायात क्षेत्रमा नेटवर्क निर्माण गरी विद्युतीयमय बनाउनुपर्ने उनको भनाइ छ। 
 
हेल्थ अफिस यूएसएडका अफिसकी डेपुटी डाइरेक्टर किम्बरली वालरले विगत लामो समयदेखि नेपाललाई विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बताइन्। 

उनका अनुसार पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन उच्च प्रदूषण उत्पन्न हुने भएकाले वातावरणीय स्वच्छताका लागि विद्युतीय सवारीसाधनमा जोड दिनुपर्छ। त्यसका लागि यूएसएडले आगामी दिनमा पनि सहयोग प्रदान गर्नेछ। 

काठमाडौं महानगरपालिकाका वातावरण प्रमुख सरिता राईले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा विद्युतीय सवारीसाधनमा जोड दिएको बताइन्।

नाडाका अनुपकुमार बरालले व्यवसायीहरुले विद्युतीय सवारीसाधनमा जोड दिँदै आएको बताए। उनका अनुसार नेपालमै उत्पादन भएको ऊर्जाको प्रयोगले सञ्चालन खर्च कम हुने र वातारणलाई  पनि सहज हुने भएकाले विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउन आवश्यक छ।

त्यसैगरी सोही दिन प्यानेलिष्टका रुपमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मेकानिकल इन्जिनियर शंकरसिंह धामी, काठमाण्डौ विश्व विद्यालयका अनुसन्धान कर्ता शिल्पा श्रेष्ठ, अभियान्त्रिकी कर्मशालाका संस्थापक सीईओ अभिशेक कार्की, सिप्रदी प्रालिका इभि ट्रेनिङ्ग हेड दिनेश पौडेल र पशुपति इनर्जी डेभलपमेन्ट कम्पनीको अध्यक्ष तथा मेकानिकल इन्जिनियर विजयमान शेरचन र विद्युत प्राधिकरणका सागरमणि ज्ञवाली सहभागी थिए।

यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरुदेखि लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाँड्ने चौतारी हुने नाडाको दाबी छ। 

त्यसैगरी, दोस्रो दिन अर्थात् असोज ८ गते ‘फाइनान्ससिल आस्पेक्ट्स अफ ईभी’को बारेमा गोष्ठी हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .