ad ad

कारोबार


टेस्लाले अमेरिकी बजारबाट ११ लाख कार फिर्ता लिने, यस्तो छ कारण

टेस्लाले अमेरिकी बजारबाट ११ लाख कार फिर्ता लिने, यस्तो छ कारण

नेपालखबर
असोज १०, २०७९ सोमबार १६:४०, काठमाडौँ

टेस्लाले अमेरिकी बजारबाट ११ लाख कार फिर्ता लिने भएको छ । कारका झ्याल छिटो लाग्ने र मानिसहरुको औँला च्यापिने समस्या देखिएको भन्दै कम्पनीले लाखौँ कार फिर्ता लिनलागेको हो ।

अमेरिकी नियामकले तयार पारेको यससम्बन्धी कागजातमा झ्याल लगाउन समस्या आएको उल्लेख छ । टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलोन मस्कले भने उक्त भनाइलाई असान्दर्भिक भनेका छन् । यसकै लागि कार फिर्ता गर्नु नपर्ने पनि उनले दाबी गरेका छन् । एक सफ्टवेयर अपडेट गर्दा सबै ठीक हुने उनको भनाइ छ ।

तर द न्याशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले भने उक्त समस्या सुरक्षा मापदण्डको उल्लंघन हुने जनाएको छ । टेस्ला विश्वकै ठूलो विद्युतीय कार निर्माता हो । ससाना कुरामा पनि फिर्ता पठाउने गरेको भन्दै मस्कले प्रहरीले मजाक गरेको बताउने गरेका छन् । यसअघि पनि टेस्लाले पछाडिका क्यामेरा, बनेट ल्याचेस, सिटबेल्ट रिमाइन्डर, साउन्ड सिस्टम सफ्टवेयरमा समस्या सिर्जना भएका कारण फिर्ता  गरिसकेको छ । पछिल्लो समस्या भने टेस्लाका सबै चारवटै मोडलमा देखिएको छ ।

खासगरी २०१७/०२२ मा बनेका मोडेल ३ सेडान र केही २०२०/०२१ मा बनेका मोडेल वाई एसयूभीहरु, मोडेल एस सेडान र मोडेल एक्स एसयूभीमा समस्या देखिएको हो ।

टेस्लाले अगस्टमा उत्पादन परीक्षणका दौडान स्वचालित झ्यालसँग अहिले भेटिएको समस्या पहिचान गरेको थियो । नोभेम्बर १५ बाट कारमालिकले पत्र प्राप्त गर्नेछन् । कम्पनीले सेप्टेम्बर १३ पछि बनेका कारमा भने सफ्टवेयर अपडेट गरिसकेको संकेत गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .