ad ad

कारोबार


एकपटकको चार्जमा ४२० किमि गुड्ने बीवाईडी अट्टो ३ शनिबार सार्वजनिक हुने

एकपटकको चार्जमा ४२० किमि गुड्ने बीवाईडी अट्टो ३ शनिबार सार्वजनिक हुने

नेपालखबर
असोज २७, २०७९ बिहिबार १६:११, काठमाडौँ

एक पटकटको चार्जमा ४२० किलोमिटर गुड्ने बीवाईडीको गाडी शनिबार नेपालमा लञ्च हुँदै छ। 

बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले अट्टो ३ शनिबार ‘ग्रान्ड लञ्च’ गर्न लागेको हो। 

असोज ६ गतेदेखि भृकुटीमण्डपमा भएको ईभी एक्स्पोमा गाडी सार्वजनिक गर्ने तयारी गरे पनि उत्तरी नाका बन्द हुँदा गाडी सार्वजनिकमा ढिलाइ भएको कम्पनीले जनाएको छ। 

नेपालमा राष्ट्रपति चढेर चर्चामा आएको बीवाईडीको ई ६ मोडल बढी विक्री भएको छ। कम्पनीले नयाँ मोडलको रुपमा बढी रेञ्ज दिने अट्टो ३ सार्वजनिक गर्दै छ। 

गाडीमा २ वटा ब्याट्री अप्सन छ। ६०.४८ किलोवाट आवर ब्याट्री छ। जसले एक पटकको चार्जमा ४२० किलोमिटर हुन्छ।

अट्टो ३ को अर्को मोडल ५० किलोवाट आवर ब्याट्री रहेको गाडी सार्वजनिक गरिएको छ। जसले एकपटकको चार्जमा ३४५ किलोमिटर रहेको छ। 

गाडीमा २ वटा चार्जिङ अप्सन छ। ७ किलोवाट एसी चार्जर र ८० किलोवाट डिसी फास्ट चार्जर रहेका छन्। ७ किलोवाटको एसी चार्जरबाट फुल चार्ज हुन १० घण्टा लाग्छ। ८० किलोवाटको डिसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म चार्ज ४५ मिनेटमा हुन्छ। 

अट्टो ३ मा १५० किलोवाटको मोटर रहेको गाडीले ७.३ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टा कुद्न सक्छ। २०४ पीएस पावर र ३१० एनएम टर्क जेनेरेट गर्छ। बीवाईडीको ब्लेड ब्याट्री चर्चित छ। 

 १२.८ इन्च टचस्क्रिन रहेको गाडीमा एन्ड्रोइन अटो र एप्पल कार प्ले, पाँच इन्च डिजिटल उपकरण, वायरलेस फोन चार्जर, अटोमेटिक क्लाईमेट कन्ट्रोल, प्यानारोमिक सनरुफ, की लेस इन्ट्री लगायतका फिचर्स रहेका छन्। 

विद्युतीय एसयुभी अट्टो ३ मा ४४० लिटर बुट स्पेस रहेको छ। ग्राउन्ड किलियरेन्स १७५ एमएम रहेको छ। गाडीमा ८ वर्षको वा ५ लाख किमि वारेन्टी दिएको छ। 

सेफ्टी फिचर्समा ७ एयरब्याग, एबीएससँगै ईविडी, इलेक्ट्रिोनिक्स स्टेबिलिटी प्रोगाम, एडभान्स ड्राइभर एसिस्टेन्स सिस्टम, हिल डेसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा रहेका छन्। युरो एनक्यापले गरेको सेफ्टी रेटिङमा ५ स्टार पाएको छ। 

गाडीको लम्बाइ ४ हजार ४५५, चौडाइ १ हजार ८७५, उचाइ १ हजार ६१५, ह्विल बेस २ हजार ७२० एमएम छ। नेपालमा ५ वटा कलरमा अट्टो ३ उपलब्ध हुने कम्पनीले जनाएको छ। 
  
बीवाईडीले ई ६ बिक्रीवितरण भइरहेको छ। बीवाईडीले ५९ लाख रुपैयाँमा विक्री वितरण गर्दै आएको छ। बीवाईडीले काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा चार्जिङ स्टेसन समेत निर्माण गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .