ad ad

कारोबार


सुजुकी–दराज ११.११ क्याम्पेन, यी स्कुटी किन्दा पाइन्छ १० हजार छुट

सुजुकी–दराज ११.११ क्याम्पेन, यी स्कुटी किन्दा पाइन्छ १० हजार छुट

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १७:५४, काठमाडौँ

सुजुकी नेपाल र दराज ११.११ क्याम्पेनमा कम्पनीका स्कुटर खरिदमा १० हजार रुपैयाँ छुट पाइने भएको छ। 

नोभेम्बर ५ देखि १९ तारिखसम्म ग्राहकले सुजुकीका एभेनिस १२५, बर्गम्यान १२५, एक्सेस १२५, जिक्सर १५५, हायाते ईपी खरिदमा उक्त छुट पाइने भएको हो। 

त्यस्तै ग्राहकले ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्मको थप रकम दराजबाट जित्न सक्नेछन्। यसमा एक्स्ट्रा क्यास भौचर मिल्नेछ जुन दराज नेपाल सुजुकी फ्ल्यागशिप स्टोरमा उपलब्ध हुनेछ। यो सीमित अवधिका लागि मात्र लागू हुनेछ। 

क्याम्पेनमा सहभागी हुन दराज नेपालबाट मात्र पाइनेछ। ग्राहकका लागि दराज नेपाल चेकआउट मूल्य अन्तिम खरिद मूल्य हुनेछ। ग्राहकले बैंक डिपोजिट भौचरसँगै चेकआउट स्क्रिनशट नजिकैको सुजुकी मोटरसाइकल तथा स्कुटर शोरुममा देखाउनुपर्नेछ। 

त्यसको प्रमाणीकरणपछि सुजुकीले ग्राहकलाई प्रडक्ट डेलिभर गर्ने जनाइएको छ। 

सन् २०२० यता भीजी सुजुकीले दराजसँग मिलेर क्याम्पेन चलाउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .