ad ad

कारोबार


नबिल–साइमेक्स सम्झौता : बीवाईडीका गाडी किन्नेलाई ८० प्रतिशत ऋण

नबिल–साइमेक्स सम्झौता : बीवाईडीका गाडी किन्नेलाई ८० प्रतिशत ऋण

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार २१:५९, काठमाडौँ

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाईडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौता गरेको छ ।

दुई संस्थाबीच भएको सम्झौताअनुसार अब बीवाईडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नबिल बैंकबाट कर्जा सुविधा पाउनेछन् । उक्त सम्झौता एक कार्यक्रमका बीच बुधबार भएको हो । 

सम्झौताअनुसार बीवाईडीले बिक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रवाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नबिल बैंकले पनि त्यहीअनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ।

सम्झौताअनुसार अहिले बीवाईडीका गाडी किन्ने ग्राहकले नबिल बैंकबाट १२.९९ प्रतिशत ब्याजदरमा सात वर्षसम्मको लागि फाइनान्स सुविधा पाउनेछन् । बैंकसँगको सम्झौताअनुसार बीवाईडीको कुनै पनि मोडल किन्ने ग्राहकले मूल्यको २० प्रतिशत मात्र डाउन पेमेन्ट गर्दा पुग्छ ।

साइमेक्स इंकले बीवाईडीको एसयूभी एटो ३ र अल न्यू इ–६ ईभी नेपालमा बिक्री गर्दै आएको छ । अल न्यू इ–६ नेपालमा उपलब्ध इलेक्ट्रिक भेहिकलमध्ये सबैभन्दा धेरै रेन्ज दिने ईभी हो । साइमेक्स इंकले अघिल्लो महिनाबाट नेपालमा बिक्री सुरु गरेको नयाँ मोडल एटो–३ को मूल्य ८९ लाख ९० हजार र अल न्यू ई–६ को मूल्य ५९ लाख तोकेर बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .