ad ad

कारोबार


पोखरामा खुल्यो सेगवेको थ्रिएस सुविधासम्पन्न नयाँ शोरुम

पोखरामा खुल्यो सेगवेको थ्रिएस सुविधासम्पन्न नयाँ शोरुम

नेपालखबर
फागुन १५, २०७९ सोमबार १३:१६, काठमाडौँ

सेगवे ई–स्कुटरको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले पोखराको पुरानो विमानस्थल नजिकै नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। 

नयाँ शोरुमले यस क्षेत्रका ग्राहकहरूलाई सेगवेको मौलिक उत्पादनहरूको अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। 

‘नयाँ शोरुमको सञ्चालनसँगै नेपालमा सेगवेको निरन्तर बजार विस्तारको लागि महत्वपूर्ण कोशेढुङ्गा (माइलस्टोन) साबित गरेको छ’, कम्पनीले भनेको छ, ‘शोरुमको सुरुवातसँगै, फर्मले दिगोपन र वातावरणीय उत्तरदायित्वप्रति प्रतिबद्धताको रूपमा आफ्ना ग्राहकहरूको सम्मानमा नयाँ रूख रोपण अभियान घोषणा गरेको छ।’ 

सेगवेले नयाँ पोखरा शोरुमबाट खरिद गरेको प्रत्येक सेगवे इ–स्कुटरको खरिदकर्ताको सम्मानमा एउटा रुख रोप्ने पनि उल्लेख गरेको छ। 

पुनरुत्थानलाई प्रोत्साहित गर्न र जलवायु परिवर्तनसँग लड्न रुखहरू रोपिने कम्पनीको भनाइ छ। 

बिक्रीको अतिरिक्त, पोखराको सेगवे शोरुमले ग्राहकहरूलाई उत्कृष्ट सेवाको साथमा स्पेयर पार्ट्स पनि उपलब्ध गराउनेछ। 

शोरुममा प्रशिक्षित प्राविधिक टोली रहनेछन् जसले कुनै पनि सेगवे स्कुटरको लागि छिटो र प्रभावकारी सेवा प्रदान गर्नेछन्। 

टोलीले ग्राहकहरूकोे सेगवे स्कुटरहरूमा गरेकोे लगानी उत्कृष्ट रहेको सुनिश्चित गर्दै कसरी मर्मत गर्ने बारे सल्लाह प्रदान गर्नेछन्। 

यो शोरुमको सञ्चालनसँगै सेगवेले नेपालभरका बिक्री र सेवा केन्द्रहरूको नेटवर्कमा उत्कृष्टता थप्ने विश्वास कम्पनीले लिएको छ। 

यो शोरुम थ्रिएस सुविधायुक्त छ, जहाँ बिक्री सेवा र स्पेयर पार्ट्सका साथ ग्राहकहरूले विश्वासका साथ सेगवेका उत्पादनहरू खरिद गर्न सक्नेछन्। 

नयाँ शोरुममा सेगवेका लोकप्रिय ईलेक्ट्रिक स्कुटरहरु, व्यक्तिगत ट्रान्सपोर्टरहरु र अन्य मोबिलिटी सोलुसनहरु प्रदर्शनमा राखिनेछन्। 

ग्राहकहरुले ई–स्कुटरहरुको निरीक्षण र टेस्ट–रईड गर्न सकिनेछ र जानकार कर्मचारीहरुबाट विशेष परामर्श प्राप्त गर्नेछ। पोखरा र आसपासका क्षेत्रका ग्राहकहरूले अब सेगवेका विभिन्न मोड़ल सजिलै  निरीक्षण र खरिद गरि सन्तुष्ट अनुभव गर्नेछ। 

नेपाली बजारमा अहिलेसम्म उपलब्ध सेगवे ई–शृंखलाअन्तर्गतका ई–१००, ई–१२५ र ई–११०एलले ग्राहकको सकारात्मक प्रशंसा बटुल्नुका साथै आफ्ना सुविधाहरु र सजिलो ह्यान्डलिङका लागि प्रसिद्ध छन्। 

भर्खरै सेगवले नेपालमा एन–शृङ्खलाअन्तर्गतको एन१०० सार्वजनिक गरेको छ। सेगवे नाइनबटको एन१०० ७२–भोल्ट इलेक्ट्रिक स्कुटर हो जसमा छिटो र प्रभावकारी यात्रा गर्ने उच्च कार्यक्षमता समावेश छ। 

एन१०० मा २२०० वाटको अधिकतम पावर सेगवे कस्टमाइज्ड बुशलेस मोटर जडित छ, जसले गर्दा एक पटकको चार्जमा १०५ कि.मी सम्मको यात्रा गर्न सकिने कम्पनीले जनाएको छ। 

यो ई–स्कुटर एलईडी लाइट, डिजिटल डिस्प्ले र राईडीगोजस्ता स्मार्ट टेक्नोलोजी सहित उत्कृष्ट सुविधाहरुले सुसज्जित छ, साथै सहज नियन्त्रण र आरामदायी सिट समावेश गरिएको छ। 

यसका अतिरिक्त अत्याधुनिक मोबाइल एप पनि जडान गरिएको छ जसमा सवारी चालकहरुको गति, यात्रा गरेको दूरी र बाँकी रहेको ब्याट्री लाइफ ट्रयाक गर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .