ad ad

कारोबार


नयाँ वर्षमा यामाहाको उपहार, बाइक किन्नुअघि नै ५० हजारसम्मको क्यासब्याक

नयाँ वर्षमा यामाहाको उपहार, बाइक किन्नुअघि नै ५० हजारसम्मको क्यासब्याक

नेपालखबर
चैत १६, २०७९ बिहिबार १७:५२, काठमाडौँ

नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले अफरहरूले भरिपूर्ण योजना ल्याएको छ । 

कम्पनीले पावर अफ फाइभ योजना ल्याएको हो। यसअन्तर्गत कम्पनीले यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने मौका उपलब्ध गराउनेछ। 

त्यस्तै, खरिद गरेपछि फेरि वाइल्ड कार्डमार्फत १ लाख रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने  मौका पाउनेछन्। खरिद गरेपश्चात् पनि तीन जना भाग्यशाली विजेताहरूले आफ्नो रेफरल कोड सेयर गरी साप्ताहिक रूपमा आईफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड्स जित्ने मौका पाउनेछन्। 

यो योजना आर१५, एमटी१५ र फेसिनो मोडलबाहेक अन्य यामाहाका मोटरसाइकल र स्कुटरहरुमा मात्र लागू हुनेछ।

यामाहा नेपालले यो योजनाअन्तर्गत पाँचवटा अफर ल्याएको छ। पहिलो योजनाअन्तर्गत, जो कोहीले पनि घरमै बसी बसी यामाहापावरअफ५ डटकममा गएर वा क्युआर कोड स्क्यान गरेर यो योजनामा सहभागी हुन सक्नेछन्। सहभागी ग्राहकले किन्नुअघि नै अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी क्यासब्याक जित्ने अवसर प्राप्त गर्नेछन्। 

ग्राहकले यामाहा बाइक वा स्कुटर खरिद गरेपछि वाइल्डकार्डमा सहभागी भएर १ लाखसम्मको अर्को क्यासब्याक अफर जित्न सक्नेछन्। 

बाइक वा स्कुटरको खरिदमा ग्राहकहरूले एक पृथक रेफरल कोड पनि प्राप्त गर्नेछन् जुन उनीहरूले आईफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड्स जित्नका लागि सकेसम्म धेरै व्यक्तिहरूलाई सेयर गर्न सक्नेछन् ।

एमएडब्लु यामाहाका सीईओ राजु क्षेत्रीले २०८० को लागि "पावर अफ फाइभ" अफर सुरु गर्न पाउँदा रोमाञ्चित रहेको बताए। 

उनका अनुसार यो योजना ग्राहकहरूलाई अधिकतम लाभहरू प्रदान गर्न ल्याइएको हो । 

‘हामी हाम्रो पावर अफ फाइभ नयाँ वर्ष २०८० योजनाको अवसरमा फेरि पनि हिमालय रोडिजसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ’, उनले भने, ‘यामाहा सिजन २ देखि नै हिमालय रोडिजको साझेदार रहँदै आएको छ र हामीले प्राप्त गरेका सकारात्मक प्रतिक्रियाबाट उत्साहित छौँ।’ 

साप्ताहिक विजेताहरूको घोषणा  हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्रमार्फत गरिने कम्पनीले जनाएको छ। 

यो अफर आर१५, एमटी१५ र फेसिनोबाहेक सबै यामाहा बाइक र स्कुटरहरूमा लागू हुनेछ भने देशका सबै आधिकारिक शोरूमहरूमा यो उपलब्ध हुनेछ । 

यामाहाको पावर अफ फाइभ योजना यामाहा बाइक वा स्कुटर किन्न चाहने जो कोहीको लागि एक अद्वितीय र रोमाञ्चक अवसर हो ।

खरिदपूर्व नै नगद पुरस्कार, क्यासब्याक, आईफोन, एयरपड्स र एप्पल घडीहरू सहित पाँचवटा विभिन्न अफरहरू रहने यो योजना ग्राहकहरूलाई अधिकतम लाभ दिन डिजाइन गरिएको हो। 

यी उपहारका साथै ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटरहरू न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद पनि गर्न सक्ने कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .