कारोबार


काठमाडौंमा नयाँ पूर्ण सुविधायुक्त शोरुम सञ्चालनमा ल्याउँदै सेरेस

काठमाडौंमा नयाँ पूर्ण सुविधायुक्त शोरुम सञ्चालनमा ल्याउँदै सेरेस

नेपालखबर
फागुन २०, २०८० आइतबार १२:५३, काठमाडौँ

सेरेस ईभीका लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्प प्रा. लि.ले काठमाडौंको नक्सालमा नयाँ स्टेट अफ आर्ट शोरुम सञ्चालनमा ल्याउने भएको छ। यसको तयारी अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार नेपालमा आफ्नो उपस्थितिलाई अझ विस्तार गर्ने र ग्राहकलाई विश्वस्तरीय अनुभव दिलाउने सेरेसको प्रतिबद्धतालाई प्रत्याभूति गर्न यो कदम महत्वपूर्ण छ।

काठमाडौंको मुटुमा अवस्थित नयाँ शोरुमले ग्राहकलाई सेरेस इलेक्ट्रिक भेहिकलको संसारको आभास दिलाउनेछ। 

ग्राहक अनुभवलाई केन्द्रमा राखी डिजाइन गरिएको यो शोरुममा विशाल एलईडी डिस्प्ले, सेरेसका पछिल्ला इभी मोडेल र परामर्श र टेस्ट ड्राइभका लागि अनुभवी सेल्स टिम हुने कम्पनीको भनाइ छ।

नेपालमा सेरेसको उपस्थिति बलियो बनाउन र इभीको बढ्दो मागलाई पुर्ति गर्न यो शोरुमको महत्वपूर्ण भूमिका हुनेछ। ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापना गरेर सेरेसले बिक्री र बिक्रीपछिको सेवा उपलब्ध गराएर सेरेसले नेपालको हरित यात्रालाई गति दिनेछ।

सेरेसले यसअघि नै काठमाडौं उपत्यकाभित्र पानीपोखरी र ललितपुर तथा काठमाडौबाहिर पोखरा र बुटवल डिलर सञ्जाल विस्तार गरिसकेको छ। 

निकट भविष्यमा सेरेसले बिर्तामोड, विराटनगर, नेपालगञ्ज, चितवन र भक्तपुरमा पनि शोरुम खोल्दैछ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .