कारोबार


ट्राफिक प्रहरीलाई सिप्रदीले दियो विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापनको तालिम

ट्राफिक प्रहरीलाई सिप्रदीले दियो विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापनको तालिम

नेपालखबर
चैत ८, २०८० बिहिबार १२:२४, काठमाडौँ

सिप्रदी ट्रेडिङ्ग प्रा.लिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिजुली गाडी दुर्घटनापछि गरिने व्यवस्थापनबारे १ दिने तालिम कार्यक्रम गरेको छ। 

कम्पनीले कार्यालयका १५ जना ट्राफिक प्रहरीहरुलाई “विद्युतीय सवारी साधनको दुर्घटनापश्चात् सवारी व्यवस्थापन गर्ने” सम्बन्धी १ दिने तालिम प्रशिक्षण कार्यक्रम गरेको हो।

तालिममा विषेशत: इलेक्ट्रिक भेइकलसम्बन्धी जानकारी, इलेक्ट्रिक भेइकलसम्बन्धी सुरक्षाका उपायहरु, दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीहरुबारे विस्तृत रुपमा जानकारी गराइएको सिप्रदीले जनाएको छ। 

सो क्रममा ८ घण्टाको सैद्धान्तिक तथा व्यावहारिक कक्षा सञ्चालन गराइएको थियो।

तालिम समापनपश्चात् काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ र सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरिहरुलाई प्रमाण पत्र समेत प्रदान गरेका थिए।

साथै चैत महिनामा थप ६० जना ट्राफिक प्रहरीहरुलाई उक्त तालिम सञ्चालन गराइने सिप्रदीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .