ad ad

कारोबार


नयाँ वर्षका लागि सुजुकीको योजना, बाइक किन्दा १ लाखसम्म जित्न सकिने

नयाँ वर्षका लागि सुजुकीको योजना, बाइक किन्दा १ लाखसम्म जित्न सकिने

नेपालखबर
चैत १५, २०८० बिहिबार १३:३२, काठमाडौँ

सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाईल्स प्रा.लि.ले नयाँ वर्ष योजना ल्याएको छ। 

कम्पनीका ग्राहकलाई ‘नयाँ वर्ष २०८१ क्यास पाऊँ एक्कासि’ योजना  सार्वजनिक गरेको हो। 

योजनाअन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट र स्क्राचमार्फत १ लाख रुपैयाँसम्म जित्न सकिने अथवा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्याङ्कनभन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ प्राप्त गर्न सकिने अथवा फाइनान्समा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठीक लाग्छ त्यो ग्राहकवर्गहरुले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ। 

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने कुरा जनाएको छ। 

बहुराष्ट्रिय कम्पनी सुजुकीले सन् १९५० देखि नै सुजुकीको मोटरसाइकल उत्पादन गर्दै आइरहेको छ। यो योजना बुधबारदेखि सुरु भइसकेको छ भने आगामी जेठ १८ सम्म लागू हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .