ad ad

कारोबार


सिप्रदीले ट्राफिक प्रहरीलाई दियो विद्युतीय गाडी व्यवस्थापनको तालिम

सिप्रदीले ट्राफिक प्रहरीलाई दियो विद्युतीय गाडी व्यवस्थापनको तालिम

नेपालखबर
चैत २९, २०८० बिहिबार १४:४१, काठमाडौँ

सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीहरुलाई विद्युतीय गाडी दुर्घटनापछि गरिने व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरेको छ। 

तालिममा विद्युतीय गाडीसम्बन्धि जानकारी, सुरक्षाका उपायहरु र दुर्घटना भएको अवस्थामा अपनाउनुपर्ने सावधानीबारे विस्तृत रुपमा जानकारी गराइएको कम्पनीले जनाएको छ। 

यही चैत ५ गते, १३ गते, १९ गते र २३ गते आयोजना भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट ६० जना ट्राफिक प्रहरीहरु सहभागी थिए। 

तालिमपश्चात् सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक जीवन कुमार श्रेष्ठले तालिममा सहभागी ट्राफिक प्रहरीहरुलाई प्रमाणपत्र प्रदान गरे। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .