फ्रान्सेली ब्रान्ड सिट्रोनको सांग्रिला मोटर्सले ई–सी थ्री साइन नेपालमा सार्वजनिक गरेको छ।
विद्युतीय गाडी सी थ्रिमा ६ वटा नयाँ फिचर्स थप गरी सार्वजनिक गरिएको हो।
कम्पनीले अत्याधिुनिक प्रविधि र आरादायी सुविधा थप गरेको छ। अगाडि पछाडि स्किड प्लेटहरु, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्याप्ड स्टेयरिङ ह्विल, अलोय ह्विल र इलेक्ट्रिकल ओभरभीएम जस्ता फिचर समावेश छन्।
नयाँ सुविधाले गाडी चलाउँदा झन् सहज हुनेछ। सिट्रोन ई सी थ्री सार्वजनिक गर्दै सांग्रिला मोटर्सका प्रबन्धनिर्देशक हेमन्त गोल्छाले ६० वर्षअघि अटो व्यवसाय सुरु गरेको गोल्छा अर्गनाइजेसनले नयाँ मोडल बजारमा ल्याएको बताए।
ई सीथ्री साइनको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। अहिले आयात भएको अन्तिम स्टिकसम्म मूल्य परिवर्तन नहुने कम्पनीले जनाएको छ।

नेपालमा सिट्रोन २०२१ मा सार्वजनिक गरिएको थियो। सी ३ र ई सी थ्री २०२३ मा नेपालमा सार्वजनिक गरिएको थियो। कम्पनीले अहिले ड्राइभिङ फिचर थप गरी बजारमा ल्याएको छ।
गाडीमा ३२.५ किलोवाटको मोटर छ। जसले १४३ एनएम टर्क जेनेरेट गर्छ। गाडीमा २९.२ किलोवाट आवरको लिथियम आयन ब्याट्री छ।
फुल चार्जमा ३२० किलोमिटरसम्म गुड्छ। १५ एम्पियरको चार्जबाट १० घण्टा लाग्ने भने डीसी फास्ट चार्जरबाट १ घण्टामा फुल चार्ज हुन्छ।
सांग्रिला मोटर्सले भारतको सबैभन्दा ठूलो लिथियम आयन ब्याट्री लाइफसाइकल म्यानेजमेन्ट कम्पनी, लोहम क्लिनटेक प्राइभेट लिमिटेडसँग साझेदारी गरी क्षतिग्रस्त ब्याट्रीहरुको व्यवस्थापन गर्दै आएको छ।






सबै तस्बिर : सरोज बैजु
Shares

प्रतिक्रिया