कारोबार


हिरो एक्सचेन्ज साउन १८ सम्म, जुनसुकै ब्रान्डका दुईपांग्रे साट्न सकिने

हिरो एक्सचेन्ज साउन १८ सम्म, जुनसुकै ब्रान्डका दुईपांग्रे साट्न सकिने

नेपालखबर
साउन १५, २०८१ मंगलबार १२:१२, काठमाडौँ

नेपालका लागि हिरो मोटोकर्पका आधिकारिक बिक्रेता सीजी मोटर्सले ‛हिरो एक्सचेन्ज ’ र इभल्भ सोरुम एक्सचेन्ज आयोजना गरेको छ। 

आइतबारबाट सुरु भएको उक्त अफर साउन १८ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार ९ ठाउँ बनेपा, दुलेगौंडा, गौशाला, धनुषाधाम, महेन्द्रनगर  इष्ट, सुरुङ्गा, भैरहवा, नेपालगन्ज, महेन्द्रनगरमा हुनेछ।

यस मेलामा ग्राहकले कुनै पनि ब्रान्डका  मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यांकनभन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ।

साथै, एक्सचेन्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा नि:शुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ। एक्सचेन्ज अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जुमका दुईपांग्रे सवारी लिन सक्नेछन्। 

हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको छ। सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो सोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ। साथै, सीजी मोटर्स निकट भविष्यमा थप सोरुम खोल्ने प्रक्रियामा रहेको छ। 

यसबाहेक, सीजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad