कारोबार


टेस्ला, औडी र पोर्सका विलासी कार किन्न महालक्ष्मी विकास बैंकले कर्जा दिने

टेस्ला, औडी र पोर्सका विलासी कार किन्न महालक्ष्मी विकास बैंकले कर्जा दिने

नेपालखबर
साउन २८, २०८१ सोमबार १८:३३, काठमाडौँ

महालक्ष्मी विकास बैंकले टेस्ला, अडी तथा पोर्सजस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ। 

बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्स गाडीको आधिकारिक आयातकर्ता/डिलर अरेत इन्टरनेशनल प्रा.लि. बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। 

सम्झौताअनुसार टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन्। 

विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवभि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेसन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ। 

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर  समेत आवेदन दिन सक्नेछन् । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad