कारोबार


जिहो–सेल्स एन्ड एक्सचेन्ज मेला : यस्ता छन् छुट र अफर

जिहो–सेल्स एन्ड एक्सचेन्ज मेला : यस्ता छन् छुट र अफर

नेपालखबर
साउन ३०, २०८१ बुधबार १४:४१, काठमाडौँ

नेपालका लागि सीएफमोटो÷जिहो ब्रान्डको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले यही साउन ३०, ३१ र ३२ गते आफ्नो नक्साल तथा झम्सिखेलस्थित शोरुममार्फत तीन दिने ‘जिहो एबी६प्लस सेल्स एन्ड एक्सचेन्ज कार्निभल सञ्चालन गरेको छ। 

कम्पनीले ईभी दुई पांग्रे रुचाउने ग्राहकहरुको निम्ति उच्च सुविधा र राम्रो अफरका साथ उक्त मेला सुरु गरेको हो। 

मेलामा ग्राहकले नयाँ खरिद गर्दा २० हजार रुपैयाँ अफरस्वरुप छुट पाउने, एक्सचेन्जमा खरिद गर्दा बजार मूल्याकंनमा थप ३० हजार रुपैयाँ अफरस्वरुप पाउने र साथसाथै निःशुल्क हेल्मेट पाउने कम्पनीले जनाएको छ। 

खरिद गर्ने ग्राहकहरुमध्ये १ जना भाग्यशाली खरिदकर्ताले गोलाप्रथामार्फत कम्पनीबाट दशैँ सपिङ्ग कुपन पाउने र मेलामा आउने ग्राहकहरुमध्ये एक जनाले गोलाप्रथामार्फत नै ५ हजार रुपैयाँको दशैँ सपिङ्ग कुपन प्राप्त गर्न सक्नेछन्।

कम्पनीले बिक्रीको साथसाथै आफ्नो ब्राण्डलाई बजार र ग्राहकसामु लोकप्रिय बनाइराख्न बेला–बेलामा सर्भिस क्याम्प सन्चालन गर्दै आएको छ।

जिहो ब्रान्डका स्कुटरहरुमा मोटरमा २ वर्षको, ब्याट्रीमा ३ वर्ष र चार्जर र कन्ट्रोलरमा १ वर्षको वारेन्टी पाउन सकिने पनि कम्पनीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad