नाडा अटो सोमा महिन्द्राको विद्युतीय एक्सयूभी ४०० ग्राहकको आकर्षक प्रोडक्टको रुपमा प्रस्तुत गरिएको छ।
कम्पनीले विद्युतीय गाडीको अलावा स्कोर्पियो एन, एक्सयूभी ७०० सहितका गाडी सोकेस गरेको हो।
नेपालमा ई२० मार्फत विद्युतीय गाडीको बिक्री थालेको कम्पनीले एक दशकपछि एसयूभी गाडी बिक्री गरिरहेको छ।

महिन्द्राले नेपालमा लामो समयदेखि प्रतीक्षामा रहेको एक्सयूभी ४०० दुई महिनाअघि सार्वजनिक गरे पनि नाडा अटो सोमा पहिलो पटक सोकेस गरेको छ।
एक्सयूभीमा ४०० ईएल प्रो भेरियन्ट, एक शक्तिशाली ३९.४ किलोवाट आवरको ब्याट्री छ। कम्पनीले नेपालको विविध भूभाग र सहरी परिदृश्यले एक्सयूभी ४०० लाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिने उल्लेख गरेको छ।
एक्सयूभी ४०० ब्याट्री र मोटरमा ३ वर्षको वारेन्टीको साथ उपलब्ध हुने कम्पनीले जनाएको छ। जसले सुरक्षित र समस्यामुक्त स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार, एक्सयूभी ४०० को ईएलको मूल्य ५२ लाख ५० हजार रुपैयाँ छ। नाडामा गाडी बुकिङ गर्दा केही छुट समेत दिइएको छ।

महिन्द्राका गाडी बुकिङ गर्दा यज्दी स्क्राम्बलर जित्ने अवसर समेत रहेको छ। नेपालमा महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेडले हरेक १५ गाडीको बुकिङमा यज्दी मोटरसाइकल जित्ने अवसर दिएको हो।




प्रतिक्रिया