नाडा अटो सोमा ३८ सय बढी चारपांग्रे बुकिङ भएका छन्।
बुकिङअनुसार अटो सोमा १५ अर्ब बढी कारोबार भएको व्यवसायीले दाबी गरेका छन्।
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले
६ दिनसम्म ८२ हजार ४७० जनाले अवलोकन गरेको बताएका छन्।
अटो शो समापन गर्दै नाडा अध्यक्ष करण चौधरीले अटो शोले दशैंको स्वागत गरेको बताए।
चौधरीले अटो व्यवसायीमा खुसियाली देखिएको बताएका हुन्।
कम्पनीहरूले दाबी गरेअनुसार बीवाईडीको ७१२, महिन्द्राको ६०, स्काईवेल १३०, नामी ७१७,
सीजी मोटर्सले नेटा ४०, रिडरा ४३, आयन ३०, एक्सपेङ ५७ , अवतार १० बुकिङ भएको दाबी गरेको छ। सिप्रदी ट्रेडिङले टाटाका पञ्च ४७५, टियागो १६९ गरी ६४४ बुकिङ भएका छन्।
एनआईयू ४०, एथर ३५, हिरो ६०, ट्राइम्फ २००, रोयल इन्फिल्ड ७०, जिहो ३६, सीएफमोटो ५१, सुजुकी १०, बजाज ५० बुकिङ भएका छन्।
नाडा अटो सोमा चारपांग्रेमा बेस्ट स्टल अवार्ड सिजी मोटर्स प्रालिको रिडराले पाएको छ। २ पांग्रेमा बेस्ट स्टल अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्ड, कमर्सियलमा एमएडब्लु वृद्धिको सेकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले पाएको छ।
ग्राहकसँगको व्यवहार, स्टलको डिजाइन, साउन्डलगायत रहेका आधारमा स्टल अवार्ड दिएको थियो।
Shares

प्रतिक्रिया