कारोबार


एकै दिन बीवाईडीले डेलिभरी गर्‍यो  १३२ युनिट ईभी

एकै दिन बीवाईडीले डेलिभरी गर्‍यो  १३२ युनिट ईभी

नेपालखबर
असोज २०, २०८१ आइतबार १२:३२, काठमाडौँ

इलेक्ट्रिक सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेको छ।

दशैं शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो। 

यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाउने कम्पनीले जनाएको छ। 

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको हो।

अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेइकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको कम्पनीको दाबी छ।     

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले एकै दिन १३२ ईभी डेलिभरी गर्न पाउनु बीवाईडीको लागि गर्वको दिन भएको बताए।
यसले बीवाईडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिविम्बित गर्ने उनको दाबी छ। 

देशभर बीवाईडीको बजार उपस्थिति तीव्र रुपमा बढिरहेको समयमा यो डेलिभरी गरिएको छ। पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुर लगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad