कारोबार


नेपालमा चलेका चीनका यी विद्युतीय गाडी ग्राहकको सन्तुष्टिमा सबैभन्दा अघि

नेपालमा चलेका चीनका यी विद्युतीय गाडी ग्राहकको सन्तुष्टिमा सबैभन्दा अघि

नेपालखबर
असोज २३, २०८१ बुधबार १४:४, काठमाडौँ

जेडी पावरले विद्युतीय गाडीको ग्राहक अनुभवमा चीनका स्टार्टअप कम्पनी सबैभन्दा अघि रहेको देखाएको छ।

न्यु इनर्जी भेहिकलको विषयमा गरिएको अध्ययनअनुसार नेपालमा बिक्री हुने विद्युतीय गाडीहरूमा समेत राम्रो सन्तुष्टि देखिएको छ।  

‘जेडी पावर २०२४ चीन’ नयाँ ऊर्जा सवारी ग्राहक अनुभवसम्बन्धी सूचकांक हो। जसले चीनमा नयाँ ऊर्जा सवारीसाधन किन्ने ग्राहकहरूको सन्तुष्टिलाई उनीहरूको स्वामित्व अनुभवका विभिन्न पक्षहरूका आधारमा मापन गर्छ।

यो अध्ययनमा एक हजार अंकलाई आधार बनाएर ७७१ अंक ल्याउनेलाई औसत सन्तुष्टि मानिएको छ। यस आधारमा नेपालमा गुड्ने आधा दर्जन ब्रान्डका ईभीहरूमा ग्राहकको सन्तुष्टि स्तर पूरा भएको देखिएको छ।

चीनको विद्युतीय सवारीसाधन बजारमा विभिन्न घरेलु ब्रान्डहरूको प्रदर्शनसम्बन्धी जेडी पावरको अध्ययन रिपोर्ट तयार भएको हो।

अध्ययनमा ग्राहक सन्तुष्टिमा अगाडि रहेका र पछाडि परेका ब्रान्डहरूलाई छुट्याएर प्रस्तुत गरिएको छ। 

३५ ब्रान्डको अध्ययनमा एनआईओले सबैभन्दा उत्कृष्ट ग्राहक सन्तुष्टि प्राप्त गरेको छ।

नेपालमा बिक्री हुने एक्सपेङ ७८८ अंक, जिकर ७७९ अंक, जीएसी आयन ७७७ अंक, डिप्पल ७७६, अवतार ७७५ र बीवाईडी ७७३ अंक पाएका छन्। यी ब्रान्डहरूले औसतभन्दा बढी अंक प्राप्त गरेका हुन्।

नेपालमा एक्सपेङ, जीएसी आयन, अवतार चौधरी ग्रुपले बिक्री गरिरहेको छ भने डिप्पल एमएडब्लु ग्रुप र बीवाईडी साइमेक्स इंक आधिकारिक आयातकर्ता हुन्।

विद्युतीय गाडीको अध्ययन गर्दा ६ वटा विषयवस्तु हेरिएको थियो। त्यसपछि चीनका ८१ सहरमा ८ हजार ७३३ प्रयोगकर्ताको अनुभवलाई आधार बनाएर रिपोर्ट प्रकाशन गरिएको हो। जेडी पावरले विश्वभर नै ग्राहकको विषयमा अध्ययन अनुसन्धान गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad